Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पार्टी एकता असाधारण र बहुआयामिक – अध्यक्ष दाहाल

जेष्ठ १३, २०७५ २:०१ मा प्रकाशित
पार्टी एकता असाधारण र बहुआयामिक – अध्यक्ष दाहाल
Share on FacebookShare on Twitter

काठमाडौँ, १३ जेठ / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता असाधारण र बहुआयामिक भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले कृष्ण सेन ‘इच्छुक’को स्मरणमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकता मुलुक निर्माणका लागि जनअपेक्षित परिघटना भए पनि चुनौती उस्तै रहेको बताउनुभयो ।

देश र जनताका सामु गरेको प्रतिबद्धतालाई पूरा गर्नका लागि आफूहरुले एउटै कम्युनिष्ट पार्टी बनाएको भन्दै उहाँले एकताबाट देशभित्र र बाहिर पनि नयाँ आशा र विश्वासको सञ्चार पैदा भएको बताउनुभयो ।

मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउने र जनताको अपेक्षालाई सम्बोधन गर्दै अगाडि बढ्नु यतिखेरको प्रमुख चुनौती रहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो, “जनताको अपेक्षा पूरा गराउने ठूलो चुनौती रहेको छ । त्यो चुनौती पूरा गर्न हामीले ठूलो मेहनत गर्नु गर्नु जरुरी छ । सामान्य तरिकाले अगाडि बढेर हुनेवाला छैन ।”

आर्थिक विकासलाई केन्द्रमा राखेर एकीकृत कम्युनिष्ट पार्टी अगाडि बढ्ने उल्लेख गर्दै उहाँले सबै वर्ग तथा क्षेत्रलाई समेत साथै लिएर जाने अभियानमा आफूहरु रहेको उहाँको भनाइ छ ।

एकताका क्रममा केहीले केन्द्रीय समितिमा स्थान नपाएकामा चिन्ता गरेको प्रसंग जोड्दै उहाँले भन्नुभयो, “एकताका क्रममा केहीलाई केन्द्रीय समितिमा परिन कि भन्ने चिन्ता पनि होला”, अध्यक्ष दाहालले भन्नुभयो, “देश बनाउने महान् अभियान शुरु भएको छ । आज नपरेर के भो त ? भोलि अवश्य परिहाल्नुहुन्छ । कुनै न कुनै जिम्मेवारी पार्टीले दिन्छ । दिएको जिम्मेवारीको इमान्दारीताका साथ पालना गर्नुस् ।”

उहाँले सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिएर एकीकृतरुपमा राष्ट्र निर्माणमा केन्द्रित हुने आफूहरुको सदिच्छा रहेको बताउनुभयो ।

फरक एक प्रसंगमा अध्यक्ष दाहालले लोकतन्त्र र जनताको पक्षमा निरन्तर लडेको पार्टीको हैसियतले आफूहरु नै सच्चा लोकतन्त्रवादी र स्वतन्त्र प्रेसको पक्षधर रहेको बताउनुभयो ।

प्रेस स्वतन्त्रता र पत्रकारको हक हितका लागि आफूहरुले सबैभन्दा अग्रस्थानमा रहेर काम गर्ने र जनताको सूचनाप्राप्त गर्ने अधिकारलाई सम्मान गरिने अध्यक्ष दाहालको भनाइ थियो ।

परिवर्तनको रक्षा गर्ने र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षप्रति संकेत गर्दै भन्नुभयो, “रिस र आवेगले केही हुनेवाला छैन । नेपाली काँग्रेस हाम्रो सहयात्री नै हो, तर दुईवटा पार्टी मिल्यो भनेर रिस गर्ने र आवेगले काम गर्नु जरुरी छैन । त्यसले कोही कसैको हित गर्दैन ।”

उहाँले मधेश केन्द्रित र अन्य वामपन्थी शक्तिलाई मिलाएर जाने प्रयासमा आफूहरु रहेको र केही दिनभित्रै सकारात्मक परिणाम निस्कने जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले कृष्ण सेन इच्छुक, त्याग र समर्पणको प्रतिमूर्ति रहनु भएको भन्दै उहाँले देखाएको मार्गमा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

प्रेस स्वतन्त्रतामा तलमाथि हुन्न– राज्यमन्त्री बाँस्कोटा

सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले प्रेस स्वतन्त्रताका नाममा स्वच्छन्द हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्र रहन्छ, स्वच्छन्द रहँदैन । कोही कसैले पनि शंका नगर्दा हुन्छ ।

राज्यमन्त्री बाँस्कोटाले पत्रकारिता गरेकै आधारमा अब कोही पनि कृष्ण सेन जस्तो हुनु नपर्ने र पत्रकारिता गरेकै आधारमा जेल जानु नपर्ने उल्लेख गर्नुभयो । तर प्रेस स्वतन्त्रताका नाममा स्वच्छन्द रहने प्रवृत्तिलाई भने स्वीकार गर्न नसकिने राज्यमन्त्री बाँस्कोटाको भनाइ थियो । उहाँले लोकतन्त्र कोही कसैले ल्याइदिएको नभई आफूहरु लडेर ल्याएको व्यवस्था भएकाले अनावश्यक आशंका गर्नु जरुरी नरहेको स्पष्ट पार्नुभयो ।

वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितका लागि सबैभन्दा बढी जिम्मेवार रहेको उहाँको कथन थियो । राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो, “पत्रकार भन्दैमा राज्यको नियम कानून मान्नु पर्दैन । जिम्मेवार बन्नु पर्दैन ? सामाजिक दायित्व र सीमा हुँदैन ।” उहाँले समाचार लेखेकै आधारमा पत्रकारले दुःख पाउनु नपर्ने अवस्थाको अन्त्य गरिनेछ भन्नुभयो ।

नेकपाका नेता योगेश भट्टराईले दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले यो वा त्यो बाहानामा काम गर्न सकिन भन्ने छुट नपाउने स्पष्ट पार्नुभयो । दुई ठूला कम्युनिष्ट पार्टीको एकताले जनतामा नयाँ उभार पैदा भएको भन्दै जनअपेक्षा पूरा गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारमा रहेको दलका नाताले आफूहरु जिम्मेवार भएर प्रस्तुत हुने भन्दै प्रतिपक्षले अनावश्यक आशंका गर्नुु जरुरी नभएकामा जोड दिनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेल, प्रेस युनियनका उपाध्यक्ष दीपक आचार्यले सेनको योगदान र सर्मपणकाबारेमा चर्चा गर्नुभएको छ ।

सेन स्मृति पुरस्कार मैनालीलाई

प्रेस सेन्टर नेपालले स्थापना गरेको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार सामुदायिक रेडियोका अभियन्ता एवं पत्रकार रघु मैनालीलाई प्रदान गरिएको छ । रु २५ हजार राशिको सो पुरस्कार नेकपाका अध्यक्ष दाहालले आज प्रदान गर्नुभयो ।

सामुदायिक रेडियोका माध्यमबाट आम जनताको जीवनस्तर सुधार्न र उनीहरुमा सूचनाको पहुँच पु¥याउन गर्नुभएको योगदानको चर्चा गर्दै सो पुरस्कार प्रदान गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result