Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रधानमन्त्रीको चीन भ्रमणमा रसुवागढी–काठमाडौँ रेल मार्ग प्राथमिकता

जेष्ठ २२, २०७५ २:०१ मा प्रकाशित
बजेट व्यावहारिक : प्रधानमन्त्री
Share on FacebookShare on Twitter

काठमाडौँ, २२ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रसुवागढीबाट काठमाडौँसम्म रेल मार्ग निर्माणलाई प्राथमिकता दिइने भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले नेपालको स्रोतले रसुवागढीबाट काठमाडौँसम्म रेल ल्याउन नसक्ने भएकाले सहयोग माग गर्ने तयारी भइरहेको बताउनुभयो ।

“अनुदान, सहुलियत दरको ऋण र ऋण तीन प्रकारका सहयोग लिएर नै रसुवागढीबाट काठमाडौँ र रक्सौलबाट काठमाडौँ रेल ल्याउन सकिन्छ, सरकारले यसकै लागि गृहकार्य गरिहरहेको छ, अनुदान पहिलो प्राथमिकता हुन्छ”–उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले दुई वर्षअघि कार्यकारी प्रमुखका रुपमा चीन भ्रमण गर्दा रेललगायत पूर्वाधार विकासका १० बुँदे सम्झौता गर्नुभएको थियो । यसपटक त्यसैलाई कार्यान्वयनमा लैजाने मुद्दालाई भ्रमणमा प्राथमिकता दिइने नेकपाका नेता समेत रहनुभएका डा भट्टराईले बताउनुभयो ।

चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर टा«न्समिसन र आर्थिक लगानी तथा द्विपक्षीय व्यापारलगायतलाई अब दु्रत गतिमा कार्यान्यवन गर्न चिनियाँ पक्षसँग वार्ता गर्ने सरकारको तयारी छ ।

भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी भित्र्याउन विश्वासको वातावरण बनाउने गृहकार्यसमेत भएको उहाँको भनाइ छ । नेपालमा स्थिर सरकार भएकाले लगानीको वातावरण छ भन्ने सन्देश प्रधानमन्त्री ओलीको भ्रमणमा दिनुपर्नेमा नेता भट्टराईले जोड दिनुभयो ।

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) मा नेपाली प्रतिनिधिमण्डलको सदस्यसमेत रहेका नेता भट्टराईले समूहको अन्तिम बैठक यही असार १५ र १६ मा काठमाडौँमा बस्ने तयारी भएको जानकारी दिनुभयो ।

“हामीले सबै प्रतिवेदन टुङ्गो लगाएका छौँ, भारतीय पक्षले छलफल गरिरहेको छ, यो बैठक नै अन्तिम बैठक हुनेछ, यदि भएन भने पनि दोस्रो अन्तिम बैठक हुन्छ, यही बैठकबाट हामी दुवै देशका प्रधानमन्त्रीलाई एउटै प्रतिवेदन बनाएर बुझाउँछौँ”–उहाँले भन्नुभयो ।

देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन दुवै छिमेकीको सहयोग लिने सरकारको नीति रहेको सो अवसरमा नेता भट्टराईले स्पष्ट पार्नुभयो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result