Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ट्रम्प-किम बहुप्रतिक्षित शिखर वार्ता सिंगापुरमा शुरु

जेष्ठ २९, २०७५ २:२४ मा प्रकाशित
ट्रम्प-किम बहुप्रतिक्षित शिखर वार्ता सिंगापुरमा शुरु
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जंग उनबीच ऐतिहासिक शिखर वार्ता सिंगापुरमा भर्खरै शुरु भएको छ। बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भएको यो नै पहिलो भेट हो। संसारले नै निकै चासोपूर्वक हेरिरहेको यो ऐतिहासिक शिखर वार्ताले उत्तर कोरियालाई आणविक हतियार निर्माण र परिक्षणको बाटो त्यागेर बृहत्तर शान्ति र प्रगतिको दिशामा अघि बढ्ने महत्वपूर्ण अवसर प्रदान गर्नेमा विश्व नेताहरु आशावादी देखिएका छन्। निर्धारित वार्ताको दुईसाता अघि मात्र एकपक्षीय रुपमा वार्ता रद्द गरेका ट्रम्पले वार्ताको प्रकृया भने पूर्णरुपमा त्यागेका थिएनन्। अमेरिका र उत्तर कोरिया दुबैको वार्ता प्रतिको प्रतिबद्धताका कारण एकपटक रद्द भैसकेको वार्ता पुरानै मिति र स्थानमा हुन संभव भएको हो। सिंगापुरको स्थानीय समय अनुसार बिहान ९ बजे पर्यटकीय टापू सेन्टेसास्थित क्यापेला होटलमा वार्ता शुरु भएको छ। वार्ता अगाडि अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले एकआपसमा हात मिलाएका थिए। निकै हंसिलो मुद्रामा प्रस्तुत भएका किम र ट्रम्पले हात मिलाएको क्षण संसारभरिकै संचार माध्यमहरुले तत्कालै अति प्राथमिकता साथ प्रशारण गरेका छन्। 

विदेशमन्त्री माइक पोम्पिओ, ह्वाइट-हाउसका चिफ-अफ-स्टाफ जन केली, प्रमुख सुरक्षा सल्लाहकार जन बोल्टन लगाएतका अमेरिकी अधिकारीहरु सिंगापुर शिखर वार्तालाई सफल पार्न निकै मिहेनत गरिरहेका छन्। उत्तर कोरिया आफैं पनि वार्ताको सफलता प्रति निकै आशावादी रहेको देखिएको छ। तर उत्तर कोरियाको आणविक कार्यक्रम पूर्णरुपममा त्याग्नसक्ने क्षमतामा वार्ताको प्रगति निर्धारण हुने कुरामा शंका छैन। उत्तर कोरियाली नेतासंगको वार्ता अगाडि दक्षिण कोरियाका राष्ट्रपतिसंग ४० मिनेट लामो फोन वार्ता गरेका ट्रम्प यो वार्ता सफल बनाएर देशभित्रको आन्तरिक राजनीति पुरै आफ्नो पक्षमा पार्ने र आगामी नोभेम्वरको संसदीय चुनावमा रिपव्लिकनहरुलाई सहज बनाउने रणनीतिमा समेत देखिएका छन्। 

कोरियाली प्रायद्वीपमा स्थायी शान्तिको कामना गर्नेहरु सबैका लागि अमेरिकी राष्ट्रपति र उत्तर-कोरियाली नेताबीचको वार्ता सफल हुनै पर्छ। वार्तामा चीन र दक्षिण कोरियाको प्रत्यक्ष सहभागिता नरहेता पनि जारी वार्ता अघि चीन र दक्षिण कोरियाका राष्ट्रपतिसंग भेटेका किम-जंग उनले वार्ताका लागि दुबै मूलुकको सद्भाव लिइसकेका छन्।

 

प्रारम्भिक ४० मिनेटको भेटवार्ता निकै सौहाद्रतापूर्वक भएको राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका छन्। अहिले दुबै नेताहरु आ-आफ्ना देशका प्रमुख सहयोगीसहितको विस्तारित द्वीपक्षीय वार्तामा बसेका छन्। वार्ताको नतिजा अबको केही घण्टामा संसार सामु आउने छ भने संसारभरका संचार माध्यमहरु अहिले सिंगापुरमा केन्द्रीत भएको देखिएको छ। 

तस्वीर स्रोत: एनबीसी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result