Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विश्वकप फुटबलको उद्घाटन खेल शुरु, रूस र साउदी अरब भिड्दै

जेष्ठ ३१, २०७५ ३:४७ मा प्रकाशित
विश्वकप फुटबलको उद्घाटन खेल शुरु, रूस र साउदी अरब भिड्दै
Share on FacebookShare on Twitter

मस्को, रूस, जेठ ३१ / विश्वकप फुटबलको शनिबार भएको उद्घाटन खेलमा नेपाली समय अनुसार साँझ ८:४५ बजे साउदी अरब र आयोजक राष्ट्र रूसबीच खेल शुरु भएको छ ।

उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्षिप्त सम्बोधन गरी खेलमा आउने पाहुनासँगै खेलाडीहरूलाई स्वागत गरेका छन्।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको सम्बोधन लगत्तै साउदी अरब र रूसी समूहले राष्ट्रिय गान गाएपछि खेल शुरु भएको हो।

रूसको राजधानी मस्कोमा रहेको लुझनिकी रङ्गशालामा विश्वकप फुटबलको भव्य समारोहकाबीच उदघाटन भएको छ ।

रूसको तर्फबाट इगोर अकिनफिवको नेतृत्वमा इल्या कुपेटोभ, सेर्गेई इग्नाशेभिक, इयुरी गाजिन्स्की अलान जागोभ, रोमान जोवनिन, अलेक्साण्डर गोलोभिन, यूरी जर्कोभ, अलेक्साण्डर सामेडोभ, फेडर स्मोलोभलगायतको टोली खेल्दैछ । रूसको प्रशिक्षकमा स्टानिसलाभ चेर्सेसोभ रहेका छन् ।

यसैगरी साउदी अरबतर्फ अब्दुल्लाह अल–मुआइयोउफ ओसामा हासावी (क्याप्टेन), ओमार हावसावी, मोहम्मद अल–बुरायक, येसेर अल–शाहरानी, सलमान अल–फराज, याहिया अल–सेहरी, अब्दुल्लाह ओतायफ, तैसिर अल–जसाम, सालेम अल–दावसारी, मोहम्मद अल–साहलावीलगायत खेल्दैहुनुहुन्छ भने स्पेनी नागरिक जुवान एन्टिोनियो पिजी प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

बिहीबारको खेल अर्जेन्टिनी रेफ्रीले खेलाइरहेका छन् । पहिलो पटक विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्रीको समेत प्रयोग गरिने भएको छ ।

उद्घाटन खेल शुरू हुनु अघि असी हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले उद्घाटनका समय आफ्नो प्रस्तुती दिएका थिए ।

फुटबलको महाकुम्भ मानिने यस खेलको उद्घाटन समारोहमा इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका प्लासिडो डोमिगोले आकर्षक प्रस्तुतिका साथ उद्घाटन समारोहलाई मनोरञ्जन प्रदान गरेका थिए । कलाकारहरू जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि उद्घाटनमा आफ्नो प्रस्तुती दिएका थिए।

स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने खेलका समय आइपर्नसक्ने भवितब्यलाई ध्यान दिँदै रूसले लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखेको बताइएको छ ।

विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो । रूस आयोजक राष्ट्र भएकाले यसको तयारी खेललाई भब्य बनाउने भएपनि साउदी अरब पनि कम आक्न सकिने समूह होइन ।

सन् २०१८ को विश्वकपमा पहिलो गोल गर्न रूसी खेलाडी इयुरी गाजिन्स्की सफल भएका छन्। खेलको पहिलो हाफको ११.४४ मिनेटमा उनले हेड गरेर सुन्दर गोल रसियालाई खेलमा अग्रता दिएका थिए।

रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result