Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विज्ञानलाई समृद्धिसँग जोडिनुपर्ने–प्रधानमन्त्री ओली

असार १, २०७५ १०:४९ मा प्रकाशित
विज्ञानलाई समृद्धिसँग जोडिनुपर्ने–प्रधानमन्त्री ओली
Share on FacebookShare on Twitter

काठमाडौँ, १ असार / प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाइने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले आजदेखि यहाँ आयोजना गरेको ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन’ को उद्घाटन गर्दै उहाँले उपलब्ध प्राकृतिक स्रोत, साधनलाई वैज्ञानिक तवरले समृद्धिसँग जोडिनुपर्ने बताउनुभयो ।

“हामीसँग प्राकृतिक स्रोत, साधन र खनिजयुक्त सम्भावना छ, एउटै कुरा मात्रै आवश्यक छ, आत्मविश्वास र प्रतिबद्धता हामी गर्न सक्छौँ र गर्छौं भन्ने भावना युवा वैज्ञानिकमा हुनुपर्छ त्यति भएपछि हाम्रो विकासलाई कसैले रोक्न सक्दैन । युवा पलायन रोक्न र रोजगार सिर्जना गर्नेतर्फ सरकार गच्छेअनुसार सहयोग गर्न तयार छ । यसका लागि युवा वैज्ञानिक पनि प्रतिबद्धताका साथ लाग्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

विज्ञान र प्रविधि हरेक क्षेत्रको विकास तथा उत्पादन र उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण छ भन्दै उहाँले कृषिको वैज्ञानिकीकरण, खनिजजन्य वस्तुको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो ।

विज्ञान र प्रविधिको सदुपयोग गर्न नसकेकै कारण मुलुकले विकासको फड्को मार्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले थप्नुभयो, “अब संकल्प गर्नुपरेको छ, यो पछौटेपन र गरिबीलाई सहदैनौँ यसका लागि हरेक नयाँ उचाइ रेखा तय गर्नुपर्छ । देश बनाउने जिम्मा अब युवाको काँधमा आएको छ ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आफू पद जोगाउन नभई देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको भन्दै समृद्धिको यो यात्रामा सबै क्षेत्रको सहयोग र सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

उहाँले सम्मेलनबाट आएको निष्कर्षलाई मुलुकको समृद्धिसँग जोडेर प्रभावकारी कार्यान्वयनमा ल्याइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सुशासन, विकास र समृद्धिका लागि समग्र युवा जनशक्तिलाई भरपुर परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वैज्ञानिक खोज, अनुसन्धान तथा उत्पादनशील र आत्मनिर्भर बनाउनेतर्फ मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभयो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले उत्पादनशील र स्वरोजगारका लागि युवा लक्षित कार्यक्रमलाई देशव्यापीरुपमा लगिएको जानकारी दिनुभयो ।

तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइतले विज्ञान र प्रविधिको माध्यमबाट युवा शक्तिलाई समाहित गरेरमात्रै मुलुकको समृद्धिले सार्थकता पाउने उल्लेख गर्नुभयो ।

सम्मेलनका संयोजक खिम पन्थीले वैज्ञानिक युवा शक्तिलाई प्रविधिमैत्री बनाई कसरी समृद्धि निर्माणमा सहभागिता अभिवृद्धि गर्ने भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

विज्ञान, सूचना तथा प्रविधिका क्षेत्रका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्था (संरचना स्रोत, कार्यक्षेत्र, नतिजा) को वस्तुनिष्ठ समीक्षा गरी आगामी दश वर्षका लागि आवश्यक कार्यनीति तय गर्ने तथा नेपाली युवा वैज्ञानिकले गरेका आविष्कार, अनुसन्धान, सोधलाई आमजनतासमक्ष पु¥याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

तीन दिनसम्म चल्ने सम्मेलनमा प्राकृतिक, विज्ञान, चिकित्सा र आयुर्वेद विज्ञान, इन्जिनियरिङ, जैविक विज्ञान, भूगर्भ, वातावरण र मौसम, परम्परागत प्रविधि, कृषि तथा वनविज्ञान, सूचना। सञ्चार तथा प्रविधि, खगोल तथा अन्तरिक्ष, विकीकरण तथा ऊर्जालगायत १२ वटा विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

सम्मेलनमा करीब ४०० युवा अनुसन्धानकर्मी, वैज्ञानिक, नीति निर्माता र विज्ञानसँग सम्बन्धित सरोकारवाला निकाय संघसंस्थाको सहभागिता रहेको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलन परिसर खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा युवा वैज्ञानिकद्वारा आविष्कार गरिएका विज्ञान सूचना तथा प्रविधिसम्बन्धी प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result