ह्युस्टन, अमेरिका
आज भएको समूह ए अन्तर्गतको उरुग्वे र इजिप्ट बीचको खेलमा १-० गोलले उरुग्वे बिजयी भएको छ। नियमित ९० मिनेटको खेलको अन्तिम समय अर्थात ८९ औं मिनेटमा उरुग्वेले पाएको फ्रि-किकको सदुपयोग गर्दै जर्सी नम्बर २ का खेलाडी होजे गिमेनेजले हेड मार्फत गोल गर्दै उरुग्वेलाई ३ अंक दिलाउन सफल भए। निकै प्रतिस्पर्धात्मक खेलमा इजिप्टले गोल फर्काउन निकै प्रयास गरेको थियो।
इन्ज्यूरी समय अन्तर्गत थपिएको पाँच मिनेटमा इजिप्टले गोल गर्ने निकै प्रयास गरेको थियो तर सफल हुन सकेन। स्टार खेलाडी मो. सालेहलाई बेन्चमा नै राखिएको म्याच गुमाए पछि दोश्रो चरणमा प्रवेश पाउन इजिप्टलाई कठिन हुने देखिन्छ।









प्रतिक्रिया लेख्नुहोस्:-