फिफा विश्वकप २०१८ को नवौंदिन भएको समूह ‘ई’को निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले छिमेकी कोस्टारिकालाई २-० गोलले पराजित गरेको छ। नियमित ९० मिनेट को समयमा गोल रहित बराबरी खेलेको ब्राजिलले ‘स्टपेज टाइम’का रुपमा थपिएको ६ मिनेटको सदुपयोग गर्दै ब्राजिलियन फर्वार्ड फिलिप्पे क्यूटिनो (नं ११) ले ९०+१ मिनेटमा र अर्का स्टार फुटबलर न्यमार जुनियरले ९०+७ मिनेटमा गोल गर्दै एकाएक खेलको परिस्थिति नै बदलीदिएका थिए। पुरै नियमित समयको खेलमा एक गोल हुन नदिएको कोस्टारिकाले ‘इन्ज्यूरी समय’को ६ मिनेट ब्राजिललाई रोक्न सकेन र खेलको नतिजा ब्राजिलको पक्षमा गयो।


स्टपेज टाइमको अन्त्यतिर गोल गरेका न्यमार ब्राजिलले जितेपछि निकै भावुक भएका थिए र खेल मैदानमा खुसीले रोएका थिए।
तस्वीर: फिफा, फक्स स्पोर्ट १








प्रतिक्रिया लेख्नुहोस्:-