विश्वकप २०१८ अन्तर्गत आज भएको राउण्ड-अफ-१६ को स्विट्जरलण्ड र स्विडेनबीचको खेलमा स्विडेन १-० गोलले बिजयी भएको छ। स्विडेन यो पटक समेत गरेर १२ पटक विश्वकपमा सहभागी भएको छ। जसमध्ये १९५८ ब्राजिलमा भएको विश्वकपमा दोश्रो भए यता १९९४ मा अमेरिकामा भएको विश्वकपमा तेश्रो स्थान हासिल गरेको बाहेक खासै महत्वपूर्ण उपलब्धी हासिल गरेको छैन। २००६ र २०१४ मा क्वालिफाई नै नभएको स्विडेनले प्राय ग्रुपस्टेज वा राउण्ड-अफ-१६ सम्मको नतिजामा नै चित्त बुझाउनु परेको थियो।

त्यसैगरी स्विट्जरलण्डको पनि हालसम्मको ९ पटकको विश्वकप सहभागितामा १९३४, १९३८ र १९५४ मा क्वार्टर फाइनलसम्म पुगेको भएपनि आधुनिक विश्वकपमा भने ग्रुपस्टेज वा राउण्ड-अफ-१६ भन्दा अगाडि गएको थिएन। यूरोपका मध्यमस्तरका टिममै पर्ने दुबै देशले पहिलो हाफ गोल रहित बराबरी खेले।

६६ औं मिनेटमा स्विडिस खेलाडी फोर्सबर्गको (जर्सी नं १०) गोल नै स्विडेनलाई जारी विश्वकपमा क्वार्टर फाइनल प्रवेश गराउन काफी भयो। विश्वकप इतिहासमा २४ बर्षपछि प्राप्त आजको सफलतालाई स्विडेनका खेलाडी, कोच र समर्थक दर्शकहरुले सेन्ट पिटस्बर्ग स्टेडियम मै खुसियालीपूर्वक मनाए भने १९५४ पछि पहिलोपटक क्वार्टर फाइनल पुग्ने अवसर गुमाएको स्विट्जरलण्डका खेलाडी र समर्थकहरु निराश हुँदै घर फर्केका छन्।
तस्वीर: फिफा









प्रतिक्रिया लेख्नुहोस्:-