Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ईंगल्याण्ड २८ बर्षपछि क्वार्टर फाइनलमा

असार १९, २०७५ ९:५२ मा प्रकाशित
ईंगल्याण्ड २८ बर्षपछि क्वार्टर फाइनलमा
Share on FacebookShare on Twitter

फिफा विश्वकप २०१८ अन्तर्गत आज भएको राउण्ड-अफ-१६ को खेलमा ईंगल्याण्डले कोलम्बियालाई पेनाल्टी-सिट-आउटमा ४-३ गोलले पराजित गरेको छ। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल एक्स्ट्रा टाइममा गएको थियो। थप ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउट मार्फत खेलको निर्णय भएको हो। स्टपेज टाइमको तेश्रो मिनेट अर्थात ९०+३ मिनेटमा कोलम्बियाले पाएको कर्नर किकलाई हेडर मार्फत गोल गर्दै कोलम्बियन खेलाडी वाई मिनाले अन्तिम अवस्थामा खेल बराबरीमा ल्याए। नियमित खेल समय मै जीतको अन्तिम मिनेटमा पुगिसकेको बेलायतलाई थप ३० मिनेट र जीत हारको अनिश्चतता भएको पेनाल्टी-सुट-आउटको समेत सामाना गर्नु पय्रो कोलम्बियालाई पाखा लगाउन।

पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टोलीको गोल गर्ने प्रयास सफल भएको थिएन। दोश्रो हाफमा कोलम्बियन खेलाडी कार्लोस सान्चेजले बेलायती खेलाडीलाई डि-बक्समा लडाएपछि दिइएको पेनाल्टी बेलायती क्याप्टेन ह्यारी केनले गोलमा बदलिदिए र बेलायतलाई खेलमा अग्रता दिलाए। सो पेनाल्टी निर्णय देखि नै असंयमित भएका कोलम्बियन खेलाडीहरुले त्यसपछि लगातार फाउल खेल्ने र रेफ्रीसंग बिवाद गर्न थालेको देखिन्थ्यो। तनावपूर्ण दोश्रो हाफको अन्त्यतिर स्टपेज टाइममा गोल गरेर कोलम्बियाले खेललाई लम्ब्याउन सक्यो र खेलको निर्णय पेनाल्टी-सुट-आउटबाट हुने अबस्थमा पुय्रायो। 

कोलम्बियन १५ नं जर्सीका खेलाडी एम उर्बीको पेनाल्टी क्रसबारमा लागेर फर्कियो भने अर्का खेलाडी बाक्काको पेनाल्टी प्रहार बेलायती गोलकिपरले रोकिदिए। बेलायतका ८ नं जर्सीका खेलाडी हेन्डर्सनको पेनाल्टी पनि कोलम्बियन किपरले रोकेका थिए। 

आजको म्याचका रियल हिरो बेलायती गोलकिपर भए र बेलायतले विश्वकप इतिहासमा पहिलो पटक पेनाल्टी-सुट-आउटमा जित्दै क्वार्टर फाइनल पुग्न सक्यो। नक-आउट चरणको अन्तिम खेलमा बिजयी हुँदै क्वार्टर फाइनल प्रवेश गर्ने अन्तिम टोली भएको छ बेलायत। अब अर्को यूरोपियन देश स्विडेनसंग क्वार्टर फाइनल खेल्ने बेलायतले सो क्वार्टर फाइनल जितेमा १९९० पछि उसको विश्वकपमा सबभन्दा ठूलो सफलता हुनेछ।

 

विश्वकपमा हालसम्म १४ पटक सहभागि भएको ईंगल्याण्डले १९६६ मा बेलायत मै आयोजना भएको विश्वकप जिते पश्चात १९९० मा चौथो स्थान जितेको थियो। त्यस यता २००२ र २००६ मा क्वार्टर फाइनलसम्म पुगेको बेलायत गत २०१४ मा ब्राजिलमा आयोजित विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो। आज पेनाल्टी मार्फत गरेको एक गोल समेत जारी विश्वकपमा ६ गोल गरिसकेका क्याप्टेन ह्यारी केनको नेतृत्वमा रहेको बेलायती टोलीलाई यो पटक विश्वकपको सम्भावित दावेदारका रुपमा समेत हेरिएको छ। केन यो पटकको गोल्डेन-बुट प्रतिस्पर्धामा सबभन्दा अघि रहेका छन्। 

गत विश्वकपमा सबैभन्दा धेरै गोल (६) गरेर गोल्डेन बुट जितेका जेम्स रोड्रिगेजको देश कोलम्बियाको यो पटक समेत गरेर पाँचौं विश्वकप यात्रा हो। गत विश्वकपमा क्वार्टर फाइनलसम्म पुग्नु बाहेक कोलम्बियाले विश्वकपमा कुनै महत्वपूर्ण उपलब्धी हाँसिल गरेको छैन।  कोलम्बियन स्टार खेलाडी रोड्र्गेजले चोटका कारण आजको खेल गुमाएका थिए भने उनको देशले भने विश्वकप यात्राबाटै बाहिरिनु परेको छ।

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result