Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

साफ यू–१५ महिला फूटबल टोली भुटान प्रस्थान

साउन २२, २०७५ १:१९ मा प्रकाशित
साफ यू–१५ महिला फूटबल टोली भुटान प्रस्थान
Share on FacebookShare on Twitter

काठमाडौँ, २२ साउन / भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान ग-यो ।

टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल पत्रकार छन् । भुटानको थिम्पुमा यही साउन २४ देखि भदौ २ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालसँगै यो समूहमा अघिल्लो विजेता बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो । समूह ‘ए’ मा भारत, आयोजक भुटान, अफगानिस्तान र श्रीलंका छन् । माल्दिभ्सले प्रतियोगितामा सहभागिता जनाएको छैन ।

प्रीति राईको कप्तानीको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।

मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् । च्याम्पियनसीप खेलाउन दुई नेपाली रेफ्री, फिफा रेफ्री अस्मिता मानन्धर र फिफा सहायक रेफ्री बीना श्रेष्ठ नेपाली टोलीसँगै भुटान जाँदैछन् ।

नेपालले पहिलो खेल यही साउन २६ गते पाकिस्तानसँग खेल्नेछ । बंगलादेशसँग २८ गते प्रतिस्पर्धा गर्नेछ ।

यसअघि बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाली टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन् । त्यतिबेला नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेन । नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तर, भारतसँग १०–० फराकिलो गोलअन्तर र भूटानसँग १–१ गोलको बराबरीमा खेलेको थियो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result