अमेरिका, २६ सेप्टेम्बर/ अमेरिकामा स्थाई बसोबास गर्न अनुमति दिने डिभी लोटरी खोलिएको जानकारी दिएको छ ।
अमेरिकाको पूर्वीय समय अनुसार अक्टोबर ३ तारिख बुधबार दिउसो १२.०० बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२.०० बजेसम्म डिभी लोटरीका लागि अनलाइनमा फारम भर्न सकिनेछ ।
डिभी लोटरीका लागि एकजनाले एउटाभन्दा धेरै आवेदन नदिन अमेरिकी सरकारले सुझाव दिएको छ । अक्टोबरको ३ देखि डिभी लोटरी भर्नेहरुको रिजल्ट भने मे ७, २०१९ बाट आउन थाल्नेछ ।
अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा उच्च माध्यामिक शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान रहेको छ । हाइस्कुल स्तरको शिक्षा नभएको खण्डमा अमेरिकी सरकारले तोकेका काममा दुईबर्षको अनुभव भएको हुनुपर्दछ ।
अमेरिकी सरकारले तोकेका बिभिन्न प्रकारका कामहरु हेर्न यहाँ क्लिक गर्नुहोस्







प्रतिक्रिया लेख्नुहोस्:-