Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रपति ट्रम्पद्धारा मेक्सिको बोर्डरमा पाँचहजार बढी अमेरिकी सेना परिचालनको आदेश

कार्तिक १४, २०७५ ३:१८ मा प्रकाशित
राष्ट्रपति ट्रम्पद्धारा मेक्सिको बोर्डरमा पाँचहजार बढी अमेरिकी सेना परिचालनको आदेश
Share on FacebookShare on Twitter

अमेरिका, अक्टोवर ३०/ दक्षिण अमेरिकी देशहरु ग्वाटेमाला, होण्डुरस लगाएतका देशहरुबाट हजारौंको संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्ने उद्देश्यले मेक्सिको बोर्डरमा पुगेको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।आफ्नो देशमा सुरक्षा तथा आर्थिक अवस्था राम्रो नभएको भन्दै बालबालिकाहरु सहित हजारौं दक्षिणी अमेरिकीहरु मेक्सिकोको बाटो हुँदै अमेरिका प्रवेश गर्न खोजिरहेका छन्। 

यता राष्ट्रपति ट्रम्पले भने आप्रवासीहरुको हुललाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिने भन्दै अमेरिका-मेक्सिको सीमानामा ५,२०० सेना परिचालनको आदेश दिएका छन्। ‘अपरेशन फेथफुल प्याट्रियट’ नाम दिइएको सैनिक परिचालनको उद्देश्य कुनै हालतमा पनि आप्रवासीहरुको हुल अमेरिका छिर्न नपाउन् भन्ने रहेको बताइन्छ। २०१६ को राष्ट्रपतीय निर्वाचन ताका देखि नै आप्रवासीहरुप्रति निकै अनुदार र आक्रामक अभिव्यक्ति दिंदै आएका राष्ट्रपति ट्रम्पले ग्वाटेमाला, होण्डुरस, एलसलभाडोर लगाएतका देशहरुलाई आफ्नो नागरिकलाई गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्न नरोके ती देशहरुलाई दिइने आर्थिक सहयोग रोक्ने घोषणा गरिसकेका छन्।  

राष्ट्रपति ट्रम्पले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न खोजिरहेका हजारौं दक्षिण अमेरिकीहरु प्रति लक्षित एक ट्वीटमा भनेका छन्- हाम्रो दक्षिणी सीमातिर बढिरहेका मानव लश्कर ‘क्याराभान’संगै मिसिएर कैयन अपराधिक गिरोहका खराब मान्छेहरु पनि अमेरिका छिर्न खोजिरहेका छन्। तिमीहरु फर्केर आफ्नो देश जाऊ, तिमीहरु तबसम्म अमेरिकामा छिर्न पाउने छैनौ जबसम्म कानूनी तबरले प्रवेश गर्ने बाटो अबलम्वन गर्ने छैनौ। जबर्जस्ती अर्काको देशमा प्रवेश गर्न खोज्छौ भने, हाम्रो सेनाले तिमीहरुलाई सीमामा पर्खिरहेका हुनेछन्।”

यस अघि आजै मात्र एक टेलिभिजन अन्तरवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भनेका छन्-गैरकानूनी रुपमा रहेका आप्रवासीहरुबाट अमेरिकामा जन्मने बालबालिकाहरुले जन्मका आधारमा अमेरिकी नागरिक हुने व्यवस्था खारेज गरिने छ।

आगामी नोभेम्वर ६ मा हुन गैरहेको मध्यावधि चुनाव अघि राष्ट्रपति ट्रम्प निकै कडा आप्रवासन नीति अख्तियार गर्न गइरहेका देखिन्छन्। उनको ‘अमेरिका पहिले’ नीतिलाई लागू गर्नका लागि कडा आप्रवासन कानून बनाउने उद्देश्य पुरा गर्न अमेरिकी संसदको दुबै सदनमा बहुमत कायम राख्नु पर्ने हुन्छ। त्यसैले रिपव्लिकन र कन्जरभेटिभहरुको ध्यान चुनावमा केन्द्रित गर्नका लागि समेत आप्रवासीहरुप्रति निकै आक्रामक देखिएका छन् राष्ट्रपति ट्रम्प। 

तस्वीर: एएफपी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result