Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको सुन्दर सहर सानफ्रानसिस्कोमा नेपाली साँझ

कार्तिक १७, २०७५ २:४६ मा प्रकाशित
अमेरिकाको सुन्दर सहर सानफ्रानसिस्कोमा नेपाली साँझ
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को, ३ नोभेम्बर /
अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको पुरानो साथै सक्रिय संस्था मध्येको एक नर्दन क्यालिफोर्निया नेपाली समाज न्यान्सले यस बर्ष पनि नेपाल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
अमेरिकाको सुन्दर सहर सानफ्रानसिस्कोमा नोभेम्बर ४ तारिख आइतबार आयोजना गर्न लागिएको नेपाल साँझ २०१८ कार्यक्रमको तयारी लगभग पुरा भएको संयोजक सागर श्रेष्ठले बताए । कार्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको छ । शुभकामना आदान प्रदान, ठुला दाताहरूलाई सम्मान र त्यसपछि सांस्कृतिक कार्यक्रम शुरु हुने छ ।


न्यान्सका अध्यक्ष रविन्द्र राईले दूरबिन नेपालसँग कुरा गर्दै भने “वरिष्ठ सङ्गीतकार मदन दिब्विमको प्रमुख आतिथ्यतामा नेपाल साँझ २०१८ कार्यक्रम गर्दै छौ । गत धार्मिक महोत्सवमा सबै भन्दा बढी दान गर्ने नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाका अध्यक्ष पूर्ण शेर्पा र बे एरियाका व्यवसायी तथा समाजसेवी यज्ञलाल श्रेष्ठ विशेष अतिथि हुनुहुनेछ ।”


सांस्कृतिक कार्यक्रममा नृत्य संयोजन एनआरएन अमेरिकाकी केन्द्रीय सदस्य विन्दु सापकोटाले गर्ने छन् । सफलता दुलाल, प्रार्थना कार्की, प्रतीक रावत, आर्यमान दाहाल, प्रियांका खड्का, एलेक्सा लगायतका स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गर्ने छन् । मौलिक नेपाली गीत सङ्गीतमा उनीहरूको नृत्य रहने बिन्दु सापकोटाले बताइन् । कार्यक्रम संयोजक सागर श्रेष्ठका अनुसार लक्ष्मी खरेल थापा, तालमान मगर, निता थुलुङको गायन कार्यक्रमको अर्को आकर्षण हो । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । सहभागीहरूले स्वइच्छाले सहयोग गर्न भने पाउने छन् ।


सन् १९९५ देखि न्यान्सले नेपाल साँझ कार्यक्रम गर्दै आएको छ । नेपाल साँझ पहिला दशै अगाडि हुने गर्दथ्यो । अहिले दशै र तिहारको बिचमा गर्न लागिएको छ । न्यान्सका पूर्व अध्यक्ष उत्तम कार्कीले दूरबिन नेपालसँग भने “सन् २००० सम्म नेपाल साँझ सानफ्रानसिस्को बे एरियाको मात्र होइन अमेरिकामा आयोजना गरिने नेपाली कार्यक्रममा सर्वाधिक चासो र चर्चाको शिखरमा थियो ।” हुन त त्यस समयमा न्यान्ससँग अरू धेरै कार्यक्रम नभएर पनि नेपाल साँझले विशेष महत्त्व पाएको हो । अहिले न्यान्ससँग धेरै कार्यक्रम छन् । जसले गर्दा नेपाल साँझ नाम र निरन्तरताका लागि मात्र जस्तो भएको छ । पत्रकार रवि लामिछानेको सहयोगमा सन् २०१३ मा मदन कृष्ण र हरिवंशलाई नै उपस्थित गराएर न्यान्सले आफ्नो इतिहासमा सबै भन्दा भव्य नेपाल साँझ कार्यक्रम गरेको थियो ।
नेपाली कलाकार नेपालबाट झिकाउँदा संस्था विवादमा तानिने र बदनाम हुने सम्भावना बढे पछि स्थानीय नेपाली कलाकारहरूबाटै नेपाल साँझ कार्यक्रमलाई निरन्तरता दिइएको छ । नेपाली चाड पर्व गीत, सङ्गीत, कला,संस्कार संस्कृतिसँग नेपालीलाई जोडी राख्न न्यान्सले नेपाल साँझलाई दिइरहेको निरन्तरतालाई धेरैले प्रशंसा गरेका छन् ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result