Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटक बढ्दै

मंसिर ६, २०७५ १:२७ मा प्रकाशित
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटक बढ्दै
Share on FacebookShare on Twitter

पोखरा, ६ मङ्सिर / पदयात्रा पर्यटनका लागि विश्वमा नै विशिष्ट पहिचान बनाएको अन्नपूर्ण सेरोफेरोमा बर्षेनी पदयात्राका लागि पुग्नेको सङ्ख्या बढ्दै गएको छ ।

नेपालका विभिन्न पदमार्ग मध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्यावलोकनसहित पदयात्राका लागि यस क्षेत्रमा पर्यटकको आकर्षण बर्षेनी बढ्दै गएको हो । भूकम्प र नाकाबन्दीका कारण २०७२ र २०७३ मा पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि पछिल्ला दुई वर्षमा भने पर्यटकको सङ्ख्या बढेको छ ।

सेप्टेम्बरको मध्यदेखि डिसेम्बरको मध्यसम्म नै अन्नपूर्ण क्षेत्रमा ठूलो सङ्ख्यामा पदयात्री पर्यटक आउने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो । सो मार्गमा आउने पर्यटकका लागि पदयात्री व्यवस्थापन सूचना प्रणाली (टिम्स) कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरिएकामा टानले सामूहिक रुपमा आउनेको टिम्स शुल्क उठाउने गर्छ । नेपाल पर्यटन बोर्डले व्यक्तिगत रुपमा जानेको शुल्क उठाउँछ ।

व्यक्तिगतमध्ये सार्क राष्ट्रबाट जानेले रु ६०० र अन्य राष्ट्रकाले रु दुई हजार तिर्नुपर्छ । सामूहिकमा जाने सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु ३०० र अन्य राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार निर्धारण गरिएको छ । अध्यक्ष भुजेलका अनुसार टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घमार्फत सन् २०१७ को सेप्टेम्बरमा सार्क राष्ट्रबाट सामूहिक रुपमा टिम्स कार्ड लिनेको सङ्ख्या एक हजार १९१ थियो । सन् २०१८ मा उक्त सङ्ख्या बढेर एक हजार ४७८ पुगेको छ ।

सार्कबाट सन् २०१७ को अक्टोबरमा टिम्स लिनेको सङ्ख्या एक हजार ७२३ पुगेकामा २०१८ मा एक हजार ९७२ पुगेको छ । टिम्स लिनेमध्ये अन्य विदेशी राष्ट्रबाट सन् २०१७ को सेप्टेम्बरमा दुई हजार ७४ भएकामा यस वर्ष दुई हजार २२८ पुगेको छ भने २०१७ को अक्टोबरमा तीन हजार ६५६ पुगेकामा यस वर्ष तीन हजार ७०४ पुगेको थियो ।

तथ्याङ्कअनुसार पनि बर्षेनी पदयात्री पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको अध्यक्ष भुजेलले बताउनुभयो ।

पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाका अनुसार सो कार्यालयबाट सन् २०१७ मा सेप्टेम्बर देखि नोभेम्बरसम्म छ हजार ७०३ पर्यटकले टिम्स कार्ड लिएकामा यस वर्षको नोभेम्बर १६ सम्म छ हजार ३३ ले टिम्स कार्ड लिइसके । अघिल्लो वर्ष सेप्टेम्बरदेखि नोभेम्बरसम्म सार्क राष्ट्रका २८७ पदयात्रीले अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि टिम्स कार्ड लिएकामा यस वर्ष नोभेम्बर १६ भित्रै ५२४ ले उक्त कार्ड लिइसकेको बताइएको छ । सार्कका साथै आन्तरिक पर्यटकको पदयात्रा गर्ने क्रम वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

अन्नपूर्ण सेरोफेरो विश्वकै प्रसिद्ध १० टे«किङ मार्गमध्येमा पाँचौँ स्थानमा पर्दछ । सो क्षेत्रका पदमार्ग संरक्षणसाथै पछिल्ला समयमा विकास हुँदै गएका पोखरा–खयरलेक, पोखरा–हिडेनलेक, तेरिला पास, गुरुङ हेरिटेजजस्ता पदमार्गमा पनि पदयात्री पुग्न थालेका छन् । अन्नपूर्ण पदयात्रा अन्य पर्यटकीय गन्तव्यको तुलनामा सहज, उपयुक्त मौसमआदिका कारण यसप्रति पर्यटकको आकर्षण बढ्दै गएको विश्वास गरिने नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष एवम् टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताउनुभयो ।

उपल्लो मुस्ताङ, अन्नपूर्ण चक्र, घान्द्रुक घोरेपानी, घलेखर्क, घाद्रुक, घम्पुस, जोमसोम, नारफूलगायतको सो क्षेत्रका दर्जनौँ ठाउँ पदयात्राका लागि उपयुक्त मानिन्छ । विशेषगरी पर्यटकीय मौसममा ठूलो सङ्ख्यामा पर्यटक पदयात्रामा जाने गर्छन् ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये ७५ प्रतिशत बढी पदयात्रामै आउने गरेको पाइन्छ । पछिल्लो समयमा जथाभावी बाटो खन्ने प्रवृत्तिले पदयात्रा पर्यटन प्रभावित बन्दै गएको बताउँदै थापाले सरकारले पदयात्रा मार्गहरूको पहिचान गरी ती क्षेत्रलाई पदयात्रा संरक्षण क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । रासस

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result