डडेलधुरा — डडेलधुरा डा केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुई दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले १० जनाको शव घटनास्थलबाट निकालिएको जानकारी दिए। उनका अनुसार उपक्षेत्रीय अस्पताल डडेलधुरा पुर्याइए अन्य ६ जनाको मृत्यु भएको हो।
केसीले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताए। बस खोलाको खोंचमा खसेको छ।जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार उग्रतारा जात्रा वाट फर्कंदै गरेको वस सडक देखि ३ सय मिटर तल खसेको हो।
डडेलधुराका प्रहरी नायव उपरीक्षक केसीले भने ‘प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा लागिरहेको छ।’
पिस जोन एकेडमीको बस डडेलधुराको उग्रतारा मन्दिरमा लाग्ने जात्राबाट फर्कंदा दुर्घटनामा परेको हो।बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।

प्रतिक्रिया लेख्नुहोस्:-