Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वाइड बडी जहाज खरीदमा त्रुटि छः लेखा समिति

मंसिर ९, २०७५ २:५६ मा प्रकाशित
वाइड बडी जहाज खरीदमा त्रुटि छः लेखा समिति
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ मङ्सिर / प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा निगमले केही महीनाअघि भित्र्याएको एयरबस ए ३३०–२०० जहाज खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन र संस्थाको खरीदविनियमावली विपरीत काम भएको जनाएको हो । निगमको जहाज खरीद सन्दर्भमा सर्वत्र विरोध र प्रचारबाजी भए पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीलाई बोलाएर स्पष्टीकरण लिएको छ ।

समितिका सभापति भरत शाहले निगमको जहाज खरीदप्रक्रियामा महालेखापरीक्षकको ५५ प्रतिवेदनले त्रुटि औंल्याएको र पछिल्लो समय सार्वजनिक रुपमा अनियमितताको कुरा उठेपछि बैठकमा विषय प्रवेश गराइएको बताउनुभयो । पुरानो जहाज किन्न टेन्डर निकालेर नयाँ किन्नु कानूनविपरित रहेको भन्दै उहाँले भार क्षमता कमजोर हुनु र एयरबससँग नकिनी अर्कै पाटीसँग खरीद गरिनुले अनियमितताको प्रशस्त आशङ्का जन्माएकाले यो विषयको गहन अध्ययन र छलफल गरी टुङ्गोमा पुगिने धारणा राख्नुभयो ।

समितिले जहाज खरीद प्रक्रियामा अनियमितता भएको प्रश्न उठाइरहदाँ निगमका पदाधिकारीले भने आफ्नो बचाउ गर्दै जहाज खरीद कानूनबमोजिम भएकाले कुनै अनियमितता नभएको जवाफ दिएका छन् ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको विनियमावली, सार्वजनिक खरीद प्रक्रिया अनुरुप जहाज खरीद गरिएको र यसमा कुनै अनियमितता नभएको बताउनुभयो । निगम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले जहाज खरीदसम्बन्धमा सत्य, तथ्य छानबिन गर्न आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

समितिका अधिकांश सदस्यले जहाज खरीदमा कमिसनको खेल र मोटो रकम हिनामिना भएको भनी उठाएको प्रश्नको जवाफ दिँदै महाप्रबन्धक कंसाकारले जहाज खरीदमा १०० प्रतिशत भ्रष्टाचार छैन भन्दै खरीदको टेण्डर गर्दा बोइङभन्दा एयरबस सस्तो परेकाले जहाज ल्याइएको बताउनुभयो ।

कंसाकारको जवाफमा चित्त नबुझेपछि समितिका सदस्य डा मीनेन्द्र रिजाल र हृदेश त्रिपाठीले वाइड बडी खरीद प्रक्रियामा संलग्न पदाधिकारीको अनियमितता रहेको भन्दै उपसमिति गठन गरेर छानबिन अघि बढाउनुपर्ने माग गर्नुभयो । व्यवसायिक कार्ययोजना बिनै जहाज खरीद गरिनु र खरीद प्रक्रियामा महालेखापरीक्षकले नै त्रुटि औंल्याएकाले छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

सदस्यहरु विरोध खतिवडा, प्रेम आले, धर्मशिला चापागाईं, सूर्य पाठक, अमनलाल मोदी, राजेन्द्र केसी, प्रदीप यादवलगायतले जहाज खरीद गर्दा एयरबस कम्पनीबाट नलिई बिचौलीयाबाट किनेको, व्यावसायिक योजना नबनाएको भन्दै छानबिन गरी संलग्न दोषीलाई कानुनी कारवाहीका लागि सिफारिस गर्न माग गर्नुभयो ।

समितिका सदस्य प्रेम आले र अमनलाल मोदीले आजकै बैठकले कारवाहीको सिफारिस गर्नुपर्छ भनेपछि सभापति शाहले कानून बमोजिम सबै काम अघि बढ्ने बताउनुभयो । यसअघि बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि वाइड बडी जहाज खरीद प्रक्रियाबारे छानबिन गर्न उपसमिति गठन गरेको थियो । निगमको पहिलो वाइड बडी जहाज असार १४ गते र दोस्रो जहाज साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । समितिको अर्को बैठक मङ्सिर १२ गते पुनः बस्नेछ । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result