काठमाण्डौं, डिसेम्वर ७/ पुष्पन प्रधानको बहुचर्चित गीत ‘पंक्षी’ गीत गाएर नेपाल आइडलमा निकै चर्चा कमाएका अमित बराल ‘टप फाइभ’बाट बाहिरिएका छन्।
‘पैसा होइन पासो छ परदेशमा,
बोलाउँदैछन् आफन्तले स्वदेशमा
पंक्षी फर्केर स्वदेश आउ,
शान्तिको गुँड सानो स्वदेशमा बनाउ’
गीत गाउँदा जजहरु इन्दिरा जोशी र न्ह्यू बज्राचार्यलाई समेत रुवाइदिएको थियो। अतिथि जज एवं बहुचर्चित गीत ‘साहिंली’का गायक हेमन्त रानाको समेत गला अबरुद्ध पारेको थियो। नेपाल आइडलमा अतिथि बनेर आएका पुष्पन प्रधानले त अमित बराललाई आफ्नो ‘भाग्य विधाता’नै भनेका थिए। हुन पनि अमितले नेपाल आइडलमा ‘पंक्षी’ गीत गाइसकेपछि सो गीतलाई युट्यूबमा खोजेर हेर्ने/सुन्ने संख्या लाखौंले बढेको छ। अब नेपाल आइडलमा सुमित पाठक, अस्मिता अधिकारी, बिक्रम बराल र रवि ओद बाँकी छन्।


तस्वीर: एपीवान टेलिभिजनबाट प्रस्तुत नेपाल आइडलको प्रसारणबाट










प्रतिक्रिया लेख्नुहोस्:-