Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली काँग्रेस  क्रियाशिल सदस्यता कम्युनिष्टलाई बेचेकाे भन्ने आरोप आनन्द विष्टद्वारा अस्वीकार , प्रमाण भए देखाउन चुनाैती 

मंसिर २२, २०७५ १:२९ मा प्रकाशित
नेपाली काँग्रेस  क्रियाशिल सदस्यता कम्युनिष्टलाई बेचेकाे भन्ने आरोप आनन्द विष्टद्वारा अस्वीकार , प्रमाण भए देखाउन चुनाैती 
Share on FacebookShare on Twitter

 

जनसम्पर्क समितिका सभापति आनन्द विष्टले आफू माथि लागेको आरोपको खण्डन गरेका छन् । समितिका पूर्व संयोजक विष्णु सुवेदीले विष्ट माथि नेपाली काँग्रेसको क्रियाशील सदस्य अमेरिकामा कम्युनिष्टलाई बेचेको आरोप लगाएका थिए । उनले सदस्यता दुरूपयाेग गरेकाे प्रमाण भए देखउन चुनाैति समेत दिएका छन् । हाल नेपालमा रहेका विष्टले दूरबिन नेपाल सँगको कुराकानीमा  सस्तो लोकप्रियतामा सुवेदी लागेको भन्दै आफूलाई दुःख लागेको बताए ।

जनसम्पर्क समितिका पूर्व  संयोजक विष्णु सुवेदीले तपाईँ माथि नेपाली काँग्रेसको क्रियाशील सदस्यता कम्युनिष्ट पार्टीका कार्यक्रतालाई बेचेको आरोप लगाउनु भएको छ, के भन्नु हुन्छ तपाईँ ? 

हाम्रो मित्र (विष्णु सुवेदी) लामो समय पार्टीको केन्द्रीय कार्यालयमा काम गरेको भनेको मान्छे, उहाँले खाली कार्ड लिएर आयो भन्ने आरोप लगाउनु भयो, खाली कार्ड कसरी हुन्छ ? त्यहाँ त क्रियाशील सदस्यता नम्बर भएको कार्ड हुन्छ, पार्टीले नै त्यो नम्बर हालिदिनु पर्नेमा उहाँहरूले नभ्याएर हुन सक्छ सबै जिल्ला र जनसम्पर्क समितिको हकमा क्रियाशील सदस्य तपाइहरू आफैले हाल्नु होला भनेर दिएको हो, कार्ड मात्र कसैलाई दिएर हुँदैन त्यसमा नम्बर हुन्छ त्यो भेरिफाइ हुन्छ, दुःख लाग्यो उहाँलाई त्यति पनि जानकारी रहेनछ । उहाँले कम्युनिष्टलाई बेच्यो भन्नु भएको छ, त्यसो भए उहाँ सहित हामी सात जना महासमिति सदस्य हौ के उहाँ कम्युनिस्टको भोटबाट महासमिति सदस्य भन्नु भएको हो त ?

तपाईँले चलखेल  गर्नकै लागि सात महिना सम्म कार्ड आफै सँग राख्नु भयो भन्ने आरोप पनि छ नी ? 

सात होइन चार महिना जति हो, त्यो पनि नम्बरका कारण हो, नयाँ क्रियाशील सदस्यता भर्ने साथीहरूको नम्बर आयो, तर नवीकरण गर्ने साथीहरूको कार्ड सदस्यता नम्बर आएन त्यसैको कारण ढिलो भएको हो, अझै पनि सबै साथीहरूको आएको छैन, अब म अमेरिका आउँदा त्यो नम्बर लिएर आउँछु ।

भने पछि विष्णु सुवेदीले जुन आरोप लगाउनु भयो त्यो स्विकार्नु हुन्न ? 

उहाँलाई क्रियाशील सदस्यताको बारेमा जानकारी नै रहेनछ, मलाई अचम्म र दुख लागेको छ, नेपालमा १५–१६ वर्ष पार्टी कार्यालयमा काम गरेको मान्छे, क्रियाशील सदस्यता कसरी वितरण हुन्छ, क्रियाशील सदस्यता दुरुपयोग हुन्छ कि हुँदैन, क्रियाशील सदस्यता हामीले चाहँदैमा दिने भन्ने पनि होइन । पार्टीले आह्वान गरेको बेला हामीले भरेर पठाइदिने हो । व्यक्तिको नाम हुन्छ नम्बर हुन्छ त्यो अर्काको नाममा  दिन पाउँदैन भन्ने पनि थाहा रहेनछ ।

त्यसो भए विष्णु सुवेदीले तपाईँलाई बदनाम गर्न मात्र आरोप लगाउनु भएको हो ? उहाँले त प्रमाण नै छ भन्नु भएकाे छ । 

बदनाम पनि कसरी हुन्छ, आधार हिन तथ्यहिन कुरा ल्याएर कसरी बदनाम हुन्छ र त्यस्ता मान्छेको कु नियत रहेछ भन्ने थाहा हुन्छ । उहाँ चिप कुरामा पछि लाग्ने मान्छे हो भन्ने थाहा हुन्छ । आधार हीन कुरा गरेर कसैको बदनाम हुन्छ ? क्षणिक कुरामा आफूलाई रमाइलो मात्र हो । प्रमाण छ भने म देखाउन चुनाैति दिन्छु । सम्पूर्ण सदस्यता फारम च्याप्टरहरूले भरेका हुन ।

कार्यसमितिकै पदाधिकारीहरूको क्रियाशील सदस्यता आएको छैन भन्ने छ । 

यसमा केही च्याप्टरहरूको मिक्समाक्स भएको छ, न्यु योर्कको कोलोराडो, कोलोराडोको टेक्सास पुग्ने त्यस्तो भएको छ, अर्को कुरा नेपालको स्थायी ठेगानमा पनि गएको छ, त्यो म केन्द्रीय कार्यालयमा बुझ्दै छु यहाँ छुटेको भएर लिएर आउँछु ।

अब प्रसङ्ग बदलौँ, आमन्त्रित केन्द्रीय सदस्यको हैसियमा तपाईँ नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठकमा उपस्थित हुनुहुन्छ, के के एजेन्डा छ जनसम्पर्क समितिको तर्फबाट । 

केही नेताहरूले जनसम्पर्क समितिलाई महाधिवेशनमा पर्यवक्षकको रूपमा मात्र भाग लिन दिनु पर्छ भनेर उठाउनु भएको रहेछ, तर मैले अहिले जनसम्पर्क समितिलाई जुन अधिकार दिएको छ त्यसलाई कायम नै राखेर अझ त्यसमा थप दुई केन्द्रीय सदस्य बनाउन माग राखेको छु, पाँच सय क्रियाशील सदस्य भएको मुलुकमा सात दुई हजार छ भने १२ जना महाधिवेशन सदस्यले प्रतिनिधित्व गर्ने त्यसलाई यथावत् राख्न माग गरेको छु । त्यस्तै जनसम्पर्क समितिको विधानमा एकरुपता निर्वाचनको समय तालिका  नेपालको महाधिवेशन सँग मिलाउन र जनसम्पर्क समिति बाहेक पार्टीका अन्य कुनै पनि भातृ सङ्गठन खोल्न हुन्न भन्ने माग गरेको छु ।

नेपालको संविधानले एनआरएनलाई राजनैतिक अधिकार दिएको छैन, अब संविधान सँग नबाझिने गरी काँग्रेसले आफ्नो विधान संशोधन गर्नु पर्ने होला त्यस बारेमा के छ ? 

अहिले सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीहरूलाई मतदान गर्ने व्यवस्था मिलाउन आदेश दिएको छ । पार्टीले त्यो अधिकार कटाउने भन्ने कुरै हुँदैन ।

विधानको मस्यौदामा जनसम्पर्क समितिको सदस्य हुनका लागि नेपाली नागरिकता वा राहदानीको प्रतिलिपि पेश गर्नु पर्ने भन्ने राखिएको छ, अब नेपाली नागरिकता त्यागेकाले अब जन सम्पर्क समितिको सदस्य हुन नपाउने भए नी ? 

अनुछेद ८ क मा त्यो कुरा छ, मैले बैठकको शुरुमा नै त्यसै बारेमा कुरा गरेको थिए, एनआरएनमा दोहोरो नागरिकताको कुरा छ, एनआरएन कार्डलाई नेपाली नागरिकता सरह मान्यता दिएको छ । विदेशमा बसेको नेपाली काँग्रेसका साथीहरूकै लागि खोलिएको संस्था भएको हुँदा नागरिकता र राहदानीको अनिवार्यता गरिनु हुँदैन सहजीकरण गरिनु पर्छ भनेको छु ।

जनसम्पर्क समितिको अधिवेशन १३ महिना अगाडी नै हुनु पर्ने अहिले सम्म भएको छैन । अधिवेशन गराउने बारेमा केही छलफल भएको छ । 

 

बैठकमा कुरा राख्ने क्रममा अमेरिकामा रोकिएको अधिवेशन चाडै गर्न पाउनु पर्छ भन्ने माग गरेको छु । निर्वाचित कमिटी बाटै नै अधिवेशन गराउने वातावरण बाउन पर्छ, सस्थाको पद्धतिलाई बिगार्न हुँदैन । निर्वाचित कमिटी फालेर तदर्थ समिति बनाउँदा भोलि कसैले  कसैलाई नटेर्ने अवस्था आउन सक्छ । सङ्गठनमा भाड भैलो हुन्छ, निर्वाचित समितिलाई चलाउन हुँदैन चाहे जनसम्पर्क समिति चाहे नेपालमा रहेका भातृ सस्थाहरु भनेको छु ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result