Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली काँग्रेसको संसाेधित  विधानमा अमेरिकामा मिश्रित प्रतिक्रिया

पुस ८, २०७५ १:४३ मा प्रकाशित
नेपाली काँग्रेसको संसाेधित  विधानमा अमेरिकामा मिश्रित प्रतिक्रिया
Share on FacebookShare on Twitter

अमेरिका २३ डिसेम्बर/

नेपाली काँग्रेसको विधान संशोधन, परिर्माजन वा पुनरलेखन गराउन सक्ने महासमिति सदस्यहरूको भेलाबाट अन्तिम रूप दिइएको विधानले प्रवासमा रहेका काँग्रेसका सङ्गठन र नेतृत्वका आकांक्षिहरुलाई प्रभावित गर्ने भएको छ । परिवर्तित सन्दर्भमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार र कार्यसमितिमा रहेकाहरूसँग दूरबिन नेपालले लिएको प्रतिक्रिया जस्ताको तस्तै :

आनन्द विष्ट, आमन्त्रित केन्द्रीय सदस्य एवं अध्यक्ष नेपाली जनसम्पर्क समिति अमेरिका 

महासमितिले पारित गरेको विधान सबैले मान्न पर्छ  । त्यो एक जना व्यक्तिलाई हेरेर ल्याइएको होइन । मेरो लागि मात्र ल्याएको पनि होइन । अब विधान पछि नियमावली बन्न त्यसमा कसरी व्याख्या हुन्छ । निश्चित समय दिएर यही समितिले नै निर्वाचन गराउने भन्न पनि सक्छ, नयाँ समिति बनाउने भन्ने पनि हुन सक्छ । त्यो अब केन्द्रीय समितिको अधिकार हो । महासमितिको बैठक सकिए पछि केन्द्रीय समितिको बैठक बस्छ । त्यस पछि कस्तो सर्कुलेशन जारी गर्छ । मैले त पहिले नै छोड्छु भनेकै हो । पार्टीले गर्ने निर्णय मान्नु प¥यो ।

म अहिले नै पूर्व भइसकेको छैन । पार्टीको सर्कुलेन आउन केही समय लाग्छ । त्यो बेलामा सम्म काम हुँदै गर्छ । नेपाली काँग्रेसमा समयमा अधिवेशन नगर्ने जनसम्पर्क समिति अमेरिका मात्र होइन । थुप्रै भातृ संगठहरुको नियमित अधिवेशन भएको छैन । दशकौँ सम्म अधिवेशन नगरेका पनि छन् ।

जनसम्पर्क समितिहरूलाई अब देखि महाधिवेशन र महासमितिमा पर्वेक्षक मात्र दिने भनेर आएको थियो त्यसमा लभिङ्ग गरे केन्द्रीय समितिमा पनि कुरा राखे । पुरानै विधान अनुसार महासमिति र महाधिवेशनमा प्रतिनिधि पठाउने कुराले निरन्तरता पाएको छ त्यसमा खुसी छु । मैले अब जनसम्पर्क समितिबाट दुई जना केन्द्रीय सदस्य हुने व्यवस्था गर्नु पर्छ भनेको थिए त्यो भएन त्यसमा दुख लागेको छ ।

नागरिकता र राहदानीको प्रतिलिपि अनिर्वाय भन्ने विषयमा पनि थप व्याख्या नियमावलीले गर्ने हो । नियमावली बनाउँदा त्यसमा सहजिकरण गर्नु पर्छ । विदेशमा रहेर पनि पार्टीका लागि दुख गरेका धेरै साथीहरू छन्, उनीहरूलाई वञ्चित गर्न हुँदैन ।

विष्णु सुवेदी, पूर्व संयोजक, नेपाली जन सम्पर्क समिति अमेरिका 

मैले  बारम्बार उठाउँदै आएको मागलाई विधानमा राखिएको छ । त्यसमा म खुसी छु । विधानमा नै सबै कुरा तोकिदिए पछि कुनै व्यक्ति, कुनै नेताको नजिक भएको भरमा अधिवेशन गर्न आलटाल गर्ने, पद लम्ब्याउने भन्ने हुँदैन । यसले समय के हो, काम के हो भन्ने बोध गराउँछ । समयमा नै अधिवेशन नगराउँदा के हुन्छ भन्ने थाहा हुन्छ, जनसम्पर्क समितिहरूमा विवाद कम हुन्छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको वर्तमान कार्यसमितिलाई मैले पूर्व भन्दै आएको थिए । अब विधानमा नै लेखियो । आनन्द विष्ट जीको पदक पनि सकियो । अब पार्टीले उपयुक्त व्यक्तिलाई निश्चित समय तोकेर अधिवेशन गराउन जिम्मा दिन्छ ।

नागरिकता र राहदानीको प्रतिलिपि राख्ने प्रावधानले पार्टीलाई कानुनी झमेला र बदनाम हुनबाट जोगाउँछ । पार्टी भन्दा व्यक्ति ठुलो होइन । एउटा व्यक्तिले पद पायो पाएन, महाधिवेशनमा प्रतिनिधि हुन पायो पाएन भन्दा पनि नेपालको संविधान अनुसार पार्टीको विधान भयो भएन भन्ने हो । नेपालको संविधानसँग पार्टीको विधान बाझ्ने गरी बनाउन हुँदैन । संविधानले गैर आवासीय नेपालीलाई मतदान बाहेक अन्य अधिकार दिएको छ । सर्वोच्चको फैसलामा मतदानको अधिकार भनेको नेपाल बाहिर रहेका तर नेपाली नागरिकता नत्यागेका र मतदाता नामावालीमा नाम भएकालाई जुन देशमा छ त्यही नै मतदान गर्ने व्यवस्था मिलाउनु भनेको हो ।

भोलि नेपाली नागरिकता त्यागेर अर्को देशको नागरिकता लिएको व्यक्ति महाधिवेशन प्रतिनिधि भएर आयो र त्यही विषयलाई लिएर हार्ने पक्ष जो कोहीले पनि अदालतमा मुद्दा दायर ग¥यो भने पार्टीको अधिवेशन र चुनाव नै अवैधानिक हुन सक्छ । अहिले नै देखि हाल्नु भयो महासमितिको बैठक कति लम्बियो । के कस्ता हत्कण्डा भए । भोलि चुनाव हारेको झोकमा कुनै व्यक्ति विदेशी नागरिकले भोट हालेर नेपाली काँग्रेस महाधिवेशन ग¥यो, पदाधिकारी चयन भए भनेर अदालत गए भने पार्टीलाई ठुलो नोक्सान हुन्छ ।

विधान संशोधनमा मेरो पूर्ण समर्थन नै छ, हामीले सुरु गरेको नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति (विश्व  सञ्जाल) मान्यता दिएको भए हुन्थ्यो भन्ने हो त्यसमा गुनासो छ । तर मैले पार्टीको नेताहरू सँग कुरा राख्दा विश्व सञ्जालमा कस्ता व्यक्ति सदस्य हुने हुन, अहिले भएका जनसम्पर्क समितिहरूको समन्वय कसरी गर्ने, विधान कस्तो हुने भन्ने पूर्ण खाका सहित ल्याउनुस्, अहिले विधानमा नभए पनि पछि नियमावलीमा राखेर पनि लैजान सकिन्छ भन्नु भएको छ । अब हामी साथीहरू सल्लाह गरेर पूर्ण खाका पार्टीलाई बुझाउँछौ ।

 

 

मुकुन्द ढुङ्गाना, सल्लाहकार नेपाली जनसम्पर्क समिति अमेरिका 

राष्ट्रिय पार्टीले नेपालको संविधान अनुसार आफ्नो विधान संशोधन गर्नु सही कार्य हो । संविधान भन्दा माथि कोही छैन ।

 

धनन्जयनरसिंह के सी वरिष्ठ उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति अमेरिका

पार्टीले देश भित्र र बाहिरका भातृ र शुभेच्छुक संस्थालाई हेर्ने र गर्ने व्यवहार समान हुनु पर्छ । यस अघि पनि नेपाली काँग्रेसको विधानमा माथिल्लो तहमा निर्वाचित वा मनोनितहुँदा तलको पद छोड्ने व्यवस्था थियो । अहिले थप प्रस्ट गरेको मात्र हो । तर अमेरिकाको हकमा किन लागु भएन ? विधि विधान बनाउने तर त्यसको कार्यान्वयन गर्न नेतृत्वले नै नदिने हो भने त्यसको कुनै अर्थ हुन्न । विधान अनुसार पार्टी चलेन । विदेशी नागरिकता लिइसकेको व्यक्तिलाई सङ्गठनको जिम्मेवारी दिन मिल्दैन । नेपालको संविधान र नेपाली काँग्रेसको विधानमा यो प्रस्टसँग लेखिएको छ । यसको अक्षरस पालना हुनुपर्दछ ।

केशव बराल उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति अमेरिका 

नागरिकता र राहदानीको प्रतिलिपि अनिर्वाय गराउँदा जनसम्पर्क समितिको नयाँ सदस्यता लिने र नवीकरण गर्ने साथीहरूको सख्या घट्छ । संविधानले दोहोरो नागरिकता भनेको छ, विदेशमा बस्नेलाई पनि मतदान गर्न दिनु भनेर सर्वोच्चले भनेको छ । अर्को तर्फ व्यक्तिगत गोपनीयताका कारण पनि मान्छेले आफ्नो नागरिकता, राहदानी जस्ता व्यक्तिगत कागजपत्र दिन अप्ठेरो मान्न सक्छन् ।
अहिले नै हामी भूतपूर्व भयौ भन्न हतार हुन्छ । पार्टीले के भन्छ, यही समितिले अधिवेशन गराउन भन्न पनि सक्छ, अधिवेशनको लागि अर्को समिति बनाउन पनि सक्छ त्यो त पार्टीको अधिकारको कुरा हो ।

मुनीन्द्र नेम्वाङ्ग, महासचिव, नेपाली जनसम्पर्क समिति अमेरिका 

नागरिकता र राहदानीको कुरा मैले भर्जिनियामा सम्पन्न जनसम्पर्क समिति अमेरिकाको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा पनि उल्लेख गरेको थिए । यो गर्नै पर्ने हो । आनन्द जी केन्द्रीय कमिटीमा जानु भए पछि पद रिक्त भयो भने वरिष्ठ उपाध्यक्ष कार्यवाहक हुनुहुन्छ । र यही समितिले अधिवेशन गराउँछ ।

 

ईश्वर सापकोटा, सचिव, नेपाली जनसम्पर्क समिति अमेरिका

नेपाली काँग्रेस महासमिति सदस्यहरूको भेलामा विधि विधानको विषयमा छलफल चलिरहँदा जिल्लातिरका धेरै साथीहरू फर्किसक्नु भएको छ । उहाँहरूले नेतृत्व तहमा रहेकाहरूलाई मिलाएर विधान टुंगाउने गरी जिम्मा दिएर फर्कनु भएको हो । विदेशी नागरिकता लिएर, विदेशमा पार्टीका लागि सक्रिय हुनुभन्दा नेपाली नागरिक नै भएर देश भित्रै आएर पार्टीका लागि काम गर भन्नु राम्रै हो ।  तत्काल हामीमध्ये केहीलाई घाटा होला तर देशको संविधानसँग पार्टीको विधान नबाझिने गरी मिलाउने प्रयास दीर्घकालीन हितमा छ । संविधानले गैर आवासीय नेपालीलाई मतदान भनौ वा राजनीतिक बाहेक अन्य अधिकार दिएको छ । त्यसमा अव पार्टीको विधान मिल्छ ।

वेद खरेल, केन्द्रीय सदस्य, नेपाली जनसम्पर्क समिति अमेरिका 

पहिलाकाे विधानमा पनि नेपाली नागरिकले सदस्यता बन्न पाउने भनेर प्रश्ट नै लेकै हाे, अहिले नागरिकता र राहदानीकाे प्रतिलिपि अनिवार्य गरेर केही जटिल बनाइएकाे छ । पार्टीले जनसम्पर्कलाइ व्यवस्थित बनाउन नीतिगत रूपमा सहजीकरण गरिसकेकाे छ । त्यसै अनुसार समयानुकुल परिवर्तन गरेकाे राम्रै हाे । अब जनसम्पर्क अमेरिकाकाे हकमा पार्टीले के निर्यण र निर्देशन गर्छ हामी त्यसैलाइ मान्ने हाे ।

 

 

प्रमोद सिटौला,केन्द्रीय सदस्य, नेपाली जनसम्पर्क समिति अमेरिका

नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेका गैह्र आवासीय नेपालीको हकमा नेपाली काँग्रेस पार्टी अहिले मौन छ । नेपालको संविधानसँग पार्टीले आफ्नो विधान मिलाउन खोजेको छ । अहिलेको विधानबाट अमेरिका लगायतका देशहरूमा सक्रिय रहेका आफ्ना धेरै शुभेच्छुक कार्यकर्तालाई नि सक्रिय बनाउँछ । विधानमा सवै कुरा सम्बोधन भएको हुँदैन । नियमावलीमा यसको प्रस्ट व्याख्या हुने छ ।
अहिलेको संशोधित विधानमा समयमा अधिवेशन गर्न नसकेमा स्वतः विघटन हुने र नेतृत्व माथिल्लो तहमा गएमा स्वतः पदमुक्त हुने उल्लेख छ । अव नेपाली जनसम्पर्क समिति अमेरिका कुनै अस्तित्वमा रहेन ।

 

 

चन्द्र धिताल, केन्द्रीय सदस्य, नेपाली जनसम्पर्क समिति अमेरिका

संशोधित विधान मेरो हातमा आइपुगेको छैन । तर जे जसरी प्रवासी सङ्गठन भनौ वा शुभेच्छुक संस्थामा नेपाली नागरिकता वाहक बाहेक अरूले सदस्यता लिन र संस्थाभित्र क्रियाशील हुन नपाउने व्यवस्था गरियो त्यसले पार्टीको हित गर्दैन । पार्टीको लागि लामो समय काम गरेका र पार्टीलाई धेरै माया गर्नेहरूलाई पन्छाउँदा सङ्गठन कमजोर हुन्छ । विदेशमा रहेका नेपाली काँग्रेसका सबै सङ्घ संस्था र पार्टीको नेतृत्व तहमा रहेकाहरू बिच यसमा थप छलफल गर्नु जरुरी छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result