Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पाेखरा लिटरेचर फेस्टिभल :  ‘नेतृत्वको कमजोरी एवं स्वार्थी चरित्रका कारण नेपालले विकासको मूल गोरेटो पहिल्लाउन  सकेन’ 

पुस १०, २०७५ २:१९ मा प्रकाशित
पाेखरा लिटरेचर फेस्टिभल :  ‘नेतृत्वको कमजोरी एवं स्वार्थी चरित्रका कारण नेपालले विकासको मूल गोरेटो पहिल्लाउन  सकेन’ 

kf]v/fdf hf/L cfOPdO{ ;flxlTos dxf]T;j cGtu{tsf] ?casf] g]t[Tj s:tf] / s;sf]? ljifos kl/;Djfb sfo{qmddf g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf k|jQmf gf/fo0fsfhL >]i7, g]kfnL sfFu|];sf s]Gb|Lo ;b:o uugs'df/ yfkf / ljj]slzn ;femf kf6L{sf cWoIf /ljGb| ld> . t:jL/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

 

पोखरा, १० पुस  : बुकवर्म फाउण्डेसन र र्यान्डम रिडर्स सोसाइटीद्वारा पोखरामा आयोजित आईएमई नेपाल लिटरेचर फेस्टिभल अन्तर्गतको ‘अबको नेतृत्व : कसको, कस्तो ?’ विषयक संवाद कार्यक्रममा मूल्य सहितको राजनीति वर्तमानको आवश्यकता भएकोमा जोड दिइएको छ ।

मूल्य र संस्कारको अभावमा राजनीति प्रति नै वितृष्णा जाग्दै गएकोमा सहमत बन्दै सहभागी नेताहरूले संस्कार युक्त राजनीति अपरिहार्य भएकोमा जोड दिए ।

पत्रकार गुणराज लुइँटेलको प्रस्तुति रहेको संवादमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पछिल्लो समय नेतृत्व वर्गमा देखिएका गुण अवगुणका साथै नेपालको राजनीतिक क्षेत्रले अब लिनुपर्ने बाटोका विविध पक्षमाथि चर्चा गर्नुभयो ।

नेतृत्वको कमजोरी एवं स्वार्थी चरित्रका कारण नेपालले विकासको मूल गोरेटो पहिल्लाउन नसकेकोमा नेताहरूको टिप्पणी थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले नेकपामा आन्तरिक परिवर्तनको काम थालेको र त्यो कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । उहाँले पार्टीमा रहेका विभिन्न पेशागत सङ्घ सङ्गठन हटाउने पक्षमा आफू रहेको उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नेता गगन थापाले नेतृत्वमा आफू मात्रै हुनुपर्छ भन्ने प्रवृत्ति विकासमा बाधक भएको बताउँदै यस्तो प्रवृत्तिमा सुधार नहुँदासम्म सही नेतृत्व नआउनेमा जोड दिनुभयो । प्रत्येक नेपाली जनता समृद्ध बन्न सक्ने किसिमको कार्ययोजना एवं नीतिका आधारमा अघि बढ्ने नेतृत्व जनताले अपेक्षा गरेको बताउँदै उहाँले मूल्य र संस्कारयुक्त राजनीतिमा जोड दिनुभयो ।

विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जस्ता ठूला पार्टीमा भ्रष्टाचार मौलाएको र नेता, मन्त्री एवं सांसदले सरकारबाट एउटै शीर्षकमा दोहोरो सुविधा लिइरहेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नेतृत्व वर्गबाटै भ्रष्टाचार उन्मूलन नहुँदासम्म विकास एवं समृद्धि सम्भव नहुने उल्लेख गर्नुभयो ।

महोत्सवअन्तर्गत आजको ‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’ विषयक सत्रमा मनीषा कोइराला, आनी छोइङसँग संवाद भएको थियो । पत्रकार यज्ञेशको प्रस्तुतिको संवादमा एसिड आक्रमणमा परेका संगीता मगर र सीमा बस्नेत पनि वक्ता हुनुहुन्थ्यो । उक्त सत्रमा कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरण एवं देशभर बढिरहेका हत्या, हिंसा र बलात्कारका विषयमाथि छलफल गरिएको थियो ।

अर्को सत्रमा ‘सङ्घीय नेपालमा आञ्चलिक स्वर’ शीर्षकमा केदार शर्माले कुन्ता शर्मा, अशोक थारु र हनिफ मियासँग संवाद गर्नुभएको थियो । संवादमा सङ्घीयतामा गएको नेपालमा आञ्चलिकताको प्रभाव एवं यसको प्रयोग सन्दर्भका विविध पक्षमाथि विश्लेषण गरिएको थियो ।

त्यस्तै म किन राष्ट्रवादी होइन ?’ विषयक सत्रमा खगेन्द्र संग्रौला र ‘ह्वाई आन्र्ट यू अ फेमिनिस्ट’ शीर्षकमा अर्चना थापाले सम्बद्ध विषयमाथि प्रकाश पार्नुभयो । ‘गणतन्त्रपछिको नेपाली समाज’ शीर्षकको छलफलमा राधेश्याम अधिकारी, सुरेश ढकाल र दुर्गा सोबसँग किरण नेपालले अन्तरसंवाद गर्नुभएको थियो ।

सो अवसरमा गणतन्त्र प्राप्तिपछि नेपाली समाजले लिएको बाटो, यहाँका अव्यवस्था, कुरीति, कुसंस्कार एवं अब लिनुपर्ने दिशाबारे छलफल गरिएको थियो । ‘द वेवार्ड डटर :अ काठमान्डू स्टोरी’ शीर्षकको संवादमा मुना गुरुङ र श्रद्धा घलेले भाग लिनुभयो भने ‘साहित्यमा सेन्सरसिप’ शीर्षकमा युग पाठक, सरस्वती प्रतीक्षा, महेशविक्रम शाहसँग बहसिए भने नयनराज पाण्डेले भाग लिनुभयो ।

उक्त संवादमा साहित्यमा सेन्सरसिपको अवस्थासँगै लेख्न हुने, नहुने आदि विषय वस्तुबारे छलफल गर्नुभयो भने ‘चाल्र्स शोभराज : इन्साइड द हार्ट अफ द बिकिनी किलर’ नामक पुस्तक विमोचनमा पुस्तकका लेखक रामेश कोइरालासँग ब्रजेशले कुराकानी गर्नुभएको थियो । उक्त कुराकानीमा पुस्तक लेख्नुका कारणसँगै यहाँ समेटिएका अन्य पक्षबारे छलफल गरिएको थियो ।

‘दन्त्यकथा’ यो शीर्षकको छलफलमा प्रदीप गिरिले दन्त्य कथासँगै मिथकबारे पनि प्रवचन दिनुभएको थियो । महोत्सवको अन्तिम सत्रमा विभिन्न ११ जना कविले कविता वाचन गर्नुभयो । समसामयिक, राजनीतिक, आर्थिक आदि विविध विषय वस्तुमा आधारित रहेर लेखिएका कविता वाचन गरिएको थियो ।

यसैबीच चार दिनदेखि फेवाताल किनारामा जारी यस वर्षको आईएमई नेपाल लिटरेचर फेस्टिभल आजबाट सम्पन्न भएको छ ।

रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result