Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जन सम्मानित 

पुस १६, २०७५ १:१४ मा प्रकाशित
विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जन सम्मानित 
Share on FacebookShare on Twitter

काठमाडौं । विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन् ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पूर्व घोषित नगद पुरस्कार ३ लाख रुपैयाँ प्रदान गरी महेश्वरलाई सम्मान गरेका हुन् । अध्यक्ष श्रेष्ठले पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महेश्वरलाई स्वागत गर्न आयोजित कार्यक्रममा व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप महेश्वरलाई नगद ३ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोही कार्यक्रममा फिट्नस च्वाइसका प्रबन्ध निर्देशक उत्तम सिलवालले १ लाख २० हजार,शारीरिक सुगठन संघका सदस्य मोहनकृष्ण श्रेष्ठले ५१ हजार, शारीरिक सुगठन संघका प्रथम उपाध्यक्ष एवं पूर्व एआईजी विजयलाल कायश्थ, शारीरिक सुगठन संघका उपाध्यक्ष राजेश उपाध्याय र डिभाइन फिजिकल फिट्नेस सेन्टरले समान ५० हजार, आरभ मल्टीनेसन प्रा.लि.की रज्जु रन्जितकार तथा शारीरिक सुगठन संघका कोषाध्यक्ष सागर बगालेले समान २५ हजार नगद पुरस्कार महेश्वरलाई उपलब्ध गराएका थिए ।शारीरिक सुगठनसंग कुनै नाता नभएका गोपी बर्तौलाले पनि फेसबुकबाट थाहा पाएको जानकारीकै भरमा कार्यक्रम स्थलमै महेश्वरलाई नगद ५० हजार दिएका थिए ।

सोही अवसरमा विश्व शारीरिक सुगठनका रजत विजेताद्वय ननिता महर्जन र रुजेश शाहीलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै महेश्वरसंगै टिम व्यवस्थापकका रुपमा थाइल्यान्ड गएका श्याम श्रेष्ठ पनि सोही अवसरमा सम्मानित भए । श्याम विश्व शारीरिक सुगठनमा नेपाललाई पदक (कांस्य) दिलाउने पहिलो खेलाडी हुन् ।

थाइल्यान्डको चाङमाइमा डिसेम्बर ११ देखि १७ तारिखसम्म भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए । महेश्वरले जितेको उक्त स्वर्ण नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो हो । विश्व शारीरिक सुगठनको फरक संस्करणमा ननिता महर्जन तथा रुजेश शाहीले रजतसम्म जितेका थिए ।

महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक मात्र स्वर्ण विजेता नेपाली खेलाडी हुन् । महेश्वरले भुटानमा भएको ५० औं एसियाली शारीरिक सुगठनमा उक्त सफलता हात पारेका थिए । ताहचल निवासी ३५ वर्षीय महेश्वर ११ औं दक्षिण एसियाली शारीरिक सुगठनका पनि कांस्य विजेता हुन् । महेश्वरलाई शनिबार शुभतारा स्कुलले पनि आफ्नो वार्षिक खेलकुद दिवसको समापनका अवसरमा नगद ५० हजारसहित सम्मान गरेको थियो ।

कार्यक्रममा महेश्वरले सम्मानले भविष्यमा अझ ठूलो सफलता प्राप्त गर्न प्रेरणा मिलेको बताउदै सम्मान गर्ने सबैलाई धन्यवाद दिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result