काठमाडौं । सार्वजनिक सुनुवाई समितिले चोलेन्द्रशम्शेर राणालाई सर्वोच्चको प्रधानन्याधीशमा सर्वसम्मत अनुमाेदन गरेकाे छ । राणा विरूद्द दर्जनाै आराेप लागेका थिए । समितिले यस अधि प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई बहुमतका आधारमा अस्वीकृत गरेको थियो । तीन बर्षे अनुभवकाे प्रावधानका कारणा प्रधानन्याधीशका लागि सिफारिस याेग्यमा जाेशी र राणाकाे विकल्प तल्लकालाई थिएन ।
अधि जाेशि अस्वीकृत हुदा त्यसकाे फाइदा ओमप्रकाश मिश्रलाई भयाे । मिश्र छाेटाे समयका लागि प्रधानन्याधीश भए र विवाधित पनि बने ।
मंगलवारकाे सुनुवाईका क्रममा राणााले आफु माथि लगाइएका आराेपककाे बचाउ गरे । त्यस पछि राणालाई सर्वसम्मत रुपमा अनुमोदित गरिएकाे हाे । राणा अब चार बर्ष प्रधानन्याधीश हुने छ । विश्वनाथ उपाध्याय पछि पूर्णकाल पदमा रहने पाउने अवसर राणालाइ आएकाे छ ।
यस अधि राणामाथि ब्ल्याकमेल गर्दै न्यायालयभित्रिएकाे, म्यारिज भन्ने तासकाे मनोरञ्जनात्मक खेल भनेर फैशला गरेकाे, ट्रसकाे नाममा रहेकाे पूर्व राजाकाे सम्पति प्रेरणा शाहकाे नाममा गरेकाे, वीरगंज वडा नम्बर २ को धार्मिक एवं एतिहासिक छपकैया पोखरी व्यक्तिकाे नाममा हुने गरि फैसला गरेकाे, राेयल क्याशिनाे सञ्चालन सम्वधकाे फैसला लगायताका प्रश्न साेधिएकाे थियाे ।







प्रतिक्रिया लेख्नुहोस्:-