काठमाडाै । राजधानीमा शहीद स्मारक ए डिभजन लिगमा मनाङ मर्याङ्दी क्बलले अपराजित यात्रालाई १२ औँ खेल सम्म पनि कायम नै राखेकाे दिन संकटा क्बलले दाेस्राे स्थान पक्का गरेकाे छ । मनाङ अन्तिम दुइ खेल खेल्नु अगाडि नै च्याम्पियन भइसकेकाे टिम हाे । मनाङ भने लिगमा कुनै पनि खेल नहारेकाे कीर्तिमान बनाउने लक्ष्यमा छ ।
हल्चाेक स्थित सशस्त्र प्रहरी बलकाे मैदानमा बुधवार मनाङले हिमालयन शेर्पा क्बललाई २-१ गाेलले हरायाे । लिगमा अंक नगुमाउने मनाङ एक्लाे टिम हाे । मनाङ अब लगिमा कुनै पनि खेल नहार्ने टिमकाे इतिहासबाट अब मात्र एक खेल टाडा छ । लिगकाे अन्तिम खेल मनाङले फ्रेण्ड्स सँग खेल्ने छ ।
आफिज ओलावाले ३६ औँ मिनेटमा गाेल गर्दै मनाङलाई अग्रता दिलाए । याे गाेल व्यक्तिगत रूपमा पनि आफिज ओलावालेका लागि महत्वपूर्ण बन्याे । उनी थ्रीस्टारका रन्जीत धिमाल सँगै सर्वाधिक गाेलकर्ताकाे सुचीमा रहे । दुबै जनाले हाल सम्म सात सात गाेल गरेका छन् । पहिलाे हाफकाे अन्त्यमा विश्व श्रेष्ठले हिमालयन शेर्पालाई बरबरीमा ल्याउदै खेल राेचक बनाए । ६३ औँ मिनेटमा विशाल राई दृश्यमा आए । उनैकाे गाेल मार्फत मनाङले अपराजित यात्रा १२ औँ खेलमा सम्म कायम नै राख्न सक्याे ।

अर्काे खेलमा संकटाले थ्रीस्टारलाई दुइ एक गाेलले हराउदै दाेस्राे स्थान पक्का गर्याे । १२ खेलमा संकटा २८ र थ्रीस्टार २३ अंकमा छन ।
। संकटाका लागि दुबै गाेल अमित तामाङले पेनाल्टी मार्फत गरे । खेलमा थ्रीस्टारले एक शुन्यकाे अग्रता जाेगाउन सकेनन । ३० औँ मिनेटमा नै रन्जन बिष्टले थ्रीस्टारलाइ अग्रता दिलाएका थिए ।
४२ औँ मिनेटमा संकटाले पेनाल्टी पायाे । अमितले त्यसकाे सदुपयाेग गरे । ६२ औँ मिनेटमा त्यही दृश्य दाेहाेरियाे ।
तस्वीर : एन्फा







प्रतिक्रिया लेख्नुहोस्:-