काठमाडौ । घटना हेर्दा हिन्दी सिनेमा हेरे जस्तै हुन्छ, तर यो कुनै सिनेमाको कथा होइन, नेपालको संविधान अनुसार सबै भन्दा बलियो राज्यको अंग हो, व्यवस्थापिका । टीकापुर घटनाका मुख्य अभियुक्तको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले बिहिवार फिल्मी शैलीमा जेलबाट संसद पुगेर सभासद पद तथा गोपनीयताको सथप लिए ।
डिल्लीबजार कारागारमा रहेका चौधरी प्रहरी भ्यानमा नै सिंहदरवार स्थित संसद भवनको कृषि समिति पुगेका थिए । जहाँ उनलाई सपथ गराउने व्यवस्था मिलाइएको थियो । श्रीमती, छोरा, राष्ट्रिय जनता पार्टीका नेताहरुको रोहवरमा सभामुख कृष्ण बहादुर महराले चौधरीलाई सपथ खुवाए ।
राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्वर एक बाट विजयी भएका चौधरीलाई सपथ नगराए सरकारलाई दिएको सर्मथन फिर्ता लिने चेतावनी दिएको थियो । २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलनका बेला डेढ बर्षीय वालक सहित आठ सुरक्षकर्मीले निर्मम हत्यामा चौधरीको भूमिका रहेको आरोप छ ।
भूमिगत रुपमा नै उनले चुनाव जितेका थिए । चुनाव जिते पछि मात्र आत्मसर्मपण गरेका चौधरी त्यस यता कारागारमा छन् । उनको मुद्धा अदालतमा विचाराधिन छ । सपथ पछि उनी प्रहरीकै भ्यान चडेर कारागार गए । जादा जादै चौधरीले भने “ थपथ लिएपछि जेल जाने पहलिो व्यक्ति मै हुँ ।”
प्रधानमन्त्रीको निर्देशन मानेको हु – सभामुख
प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले प्रधानमन्त्रीको निर्देशन पछि आफुले हत्या अभियोगमा कारागार रहेका रेशम चौधरीलाई सपथ गराएको बताएका छन् । पत्रकारहरु सँग प्रतिक्रिया दिदै सभामुख महराले चौधरीको सपथ ग्रहण कानूनसम्मत नै रहेको दावी समेत गरे ।






प्रतिक्रिया लेख्नुहोस्:-