Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रिय खेलकुदमा एनआरएन टिमकाे सहभागिता, प्रवासी खेलाडीद्वारा खुसी सँग सँगै आशंका

पुस २१, २०७५ २:३३ मा प्रकाशित
राष्ट्रिय खेलकुदमा एनआरएन टिमकाे सहभागिता, प्रवासी खेलाडीद्वारा खुसी सँग सँगै आशंका
Share on FacebookShare on Twitter

बिष्णुहरि घिमिरे 

अमेरिका । घरेलु खेलकुदको सबै भन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुदमा नेपाल बाहिर रहेका खेलाडीलाई गैर आवासीय (एनआरएन) टिम मार्फत सहभागिता गराउने निर्णय प्रति विदेशमा रहेका खेलकर्मीले खुसी सँग सँगै आशंका पनि व्यक्त गरेका छन ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्टका अनुसार नेपाली पासपोर्ट भएका खेलाडीलाई मात्र राष्ट्रिय खेलकुदमा भाग लिन दिने गरि एनआरएन टिमलाई विभागिय टिमकै हैसियत दिने निर्णय परिषद् बोर्ड बैठकले गरेको छ । “विभिन्न कारणले विदेशिएका खेलाडी, जो प्रतिभावान छन उनीहरुलाई मौका दिन यस्तो निर्णय गरिएको हो ।” उनले भने

परिषद्को यो निर्णय प्रवासमा रहेका खेलाडीले मिश्रीत प्रतिक्रिया दिएका छन् । उसु प्रशिक्षक एवं एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामाले परिषद्को निर्णय सुन्दा राम्रो भए पनि व्यवहारमा निकै नै झन्झटिलो भनेका छन् । “विदेशमा बस्ने सबैको स्कूल, कलेज र काम हुन्छ, राष्ट्रिय खेलकुद पटक पटक सर्ने गरेको छ, यस्तो अवस्थामा राम्रा खेलाडी जान्छन भन्न गाह्रो छ ।”

संयोजक लामा परिषद्ले राम्रा खेलाडी नछुटुन भन्ने उद्धेश्य नै राखेको भए त्यस्ता खेलाडीलाई राष्ट्रिय खेलकुद भन्दा पनि अन्तर्राष्ट्रिय खेकलुदमा भाग लिन प्रोत्साहित बनाउनु पर्ने धारण राख्नछ । “लाखौ खर्च गरेर विदेशमा रहेका खेलाडीलाई राष्ट्रिय खेलकुदमा भाग लिन लैजादा त्यो उत्पादकमुलक हुदैन, बरु अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि काठमाडौमा बन्द प्रशिक्षणमा रहेका खेलाडी र एनआरएन खेलाडी बीचमा छनौट प्रतियोगिता गर्न पर्छ ।”

लामाले एनआरएन खेलाडी अत्यन्त उत्कृष्ट भए मात्र नेपाली राष्ट्रिय टिमबाट खेल्न दिनु पर्ने पनि बताए । “उन्नसाई–बीसमा एनआरएन खेलाडी बीस मात्र नै भए पनि नेपालमा रहेका खेलाडीले नै खेल्न पाउनु पर्छ तर एनआरएन खेलाडी अत्यन्त राम्रो छ र पदक जित्ने धेरै सम्भावना छ भने उसलाई मौका दिनु पर्छ ।”

सदस्य सचिव विष्टले यस अगाडी केही राम्रा खेलाडीलाई सोझै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाउदा घरेलु खेलाडीबाट अत्यन्त गुनासो आएको र नियमावली पनि मिचिने भएको भन्दै आफ्नो निर्णयको बचाउ गरेका छन् ।

“छनोटमा आए पनि राष्ट्रिय खेलकुदमा आए पनि एनआरएन खेलाडी आउनै पर्छ, नियमावलीले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न राष्ट्रिय प्रतियोगिता खेलेको हुनु पर्ने भनेको छ, राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने खेलाडीलाई दक्षिण एशियाली खेलकुदमा सहभागि गराइन्छ ।”

अमेरिकामा रहेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान दिपक अमात्यले परिषद्को निर्णयलाई सकारात्म भनेका छन् । उनी अब अभिभावकले आफ्ना बालबालिकाई खेलाउन प्राेत्साहित गराउने पर्ने धारणा राख्छन । “राष्ट्रिय टिमबाट खेल्नु भनेको इज्ज्यत पनि हो, स्कूल कलेजमा छात्रवृद्धि पाउने सम्भावना पनि हुन्छ, शुरुमा अभिभावकले पनि लगानी गनु पर्छ, यहाँ पनि यस्तै चलन छ ।”

अमात्यले एनआरएन टिममा विश्व भरिकै खेलाडी सहभागि हुनु पर्ने भएकाले व्यक्तिगत इभेन्टका खेलाडीलाई नेपाल पठाउन सुझाव दिएका छन् । “टिम गेममा गाह्रो हुन्छ, व्यक्तिगत तर्फ स्कूल, कलेज र निजीरुपमा पनि खेलाडी प्रशिक्षण गरि रहने हुदा फिट नै हुन्छन ।”

अमेरिकाको न्युयोर्कमा रहेको आईएमए निहान कराते डोका संचालक तथा प्रमुख प्रशिक्षक शान्त थोकरको धारण भने फरक छ । उनी सहभागिता जनाउनु राम्रो भए पनि लक्ष्य प्रष्ट हुनु पर्नेमा जोड दिन्छन । “ नेपालमा नेताले भाषण गरे जस्तो भयो, उपलब्धी सुन्य, एनआरएनले त खेलाडी जुन देशमा छ त्यही देशको लागि तयार गर्नु पर्ने हो, यो त नेपालमा बर्षौ खेलेका खेलाडीको भाग खोस्न गए जस्तो भयो ।”

अमेरिकाको पोर्टल्याण्डमा बस्दै आएकी तेक्वान्दो खेलाडी रेनुका मगरले परिषद्को निर्णयमा खुसी व्यक्त गरिन । साफमा स्वर्ण र एशियाडमा कास्य पदक जितेकै बेला उनले परिषद्को जागिर गुमाउन परेको थियो । त्यही झोकमा अमेरिका हानिएकी रेनुका त्यसको केही बर्ष पछि ओलम्पिक छनोट खेल्न नेपाल फर्किएकी थिइन ।

“छनोट खेल्न जाँदाको अनुभव नै बेग्लै भयो, पहिला नेपालमा नै रहेको बेला खेल्दा जुन चाम हुन्थ्यो यताबाट (अमेरिका) जादा भएन, बाहिरबाट आएको भने जस्तो गर्ने, अब एनआरएन टिम नै भाग लिनु खुसीको कुरा हो ।”

खुसी सँग सँगै रेनुकामा आशंका पनि छ, “बाहिर बसेका राम्रा खेलाडीले अवसर पाउछन भन्ने आधार के ? मेरै छोराले पनि यहाँ राम्रो खेलिरहेको छ उ पनि नेपालमा खेल्न सक्छ, तर खेलाडी छनोटको आधार के हुने कसरी हुने ?”

विभागिय टिम शरह मान्यता दिए पछि खेलाडी कसरी छनोट गर्ने, खर्च कसरी जुटाउने त्यो एनआरएनकै जिम्मा भएको सदस्य सचिवको भनाई छ । “एनआरएनका अध्यक्ष भवन भट्ट वा उहाँले तोकेको प्रतिनिधिले सिफारिस गरेको नेपाली पासपोर्ट भएको खेलाडी काठमाडौ उत्रिए पछि हाम्रो जिम्मा हो, अब उता कसरी कुन प्रक्रियाबाट खेलाडी छनोट गर्ने, खर्च कसरी जुटाउने त्यो एनआरएनकै जिम्मा हो ।”

सदस्य सचिवले एनआरएन टिमको नेपालमा हुने खर्च मात्र परिषद्ले बेहोर्ने बताए । “काठमाडौ ओर्लिए पछि नेपालमा रहेका अन्य खेलाडीले पाए सरहको सुविधा एनआरएन खेलाडीले पनि पाउछन् र स्वर्ण पदक जित्यो भने त्यस पछि साग खेल्दा सम्म अन्य खेलाडीले जस्तै सुविधा एनआरएन खेलाडीले पनि पाउछन ।”

जापानमा रहेका राष्ट्रिय फुटबल टिमका चर्चित पूर्व खेलाडी बसन्त गौचनले एनआरएए जापानको आग्रह पछि आफुले खेलाडी सँग सम्पर्क बढाएको बताएका छन् । जापानमा फुटबलल प्रशिक्षकको रुपमा कार्यरत गौचनले सामाजिक सञ्चाल मार्फत खेलाडी छनोटको प्रक्रिया अगाडि बडाएका छन् ।

“सबै कुरा त मलाई पनि थाहा छैन, जापान एनआरएनले खेलाडीको बारेमा छलफल गर्नु भएको थियो । राष्ट्रिय खेलकुदमा जानु राम्रो कुरा हो, नयाँ पिडीलाई लान खोज्नु राम्रो हो । ”

अमेरिकाको मिचिगनमा ज्योती एभरेष्ट तेक्वान्दो स्कूल संचालन गर्दै आएका युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ युयुएटीएफका महासचिव लव गोर्खालीले आफुहरुको माग दश बर्ष पछि भए पनि पुरा भएको भन्दै आभार व्यक्त गरेका छन् । “देवमान हिराचन एनआरएन आइसीसीको अध्यक्ष हुदा नै राजकुमार राईको नेतृत्वमा हामीले यो प्रस्ताव गरेका हौ, अहिले आएर निर्णय भएको छ, अब एनआरएनमा खेलकुदको जिम्मेवारी लिएका साथीहरु तात्नु पर्दछ ।”

अष्ट्रेलियामा बस्दै आएका एनआरएन आइसीसी खेलकुद समितिका संयोजक राजु मान्धरले समय अभावका कारण राष्ट्रिय खेलकुदका लागि यस पटक व्यक्तिगत स्पर्धामा मात्र भाग लिने गरि तयारी शुरु गरिएको बताए ।

“परिषद्ले ढिलो गरि निर्णय गर्यो, कम समय छ त्यसैले हामीले विश्वभर रहेका एनआरएन राष्ट्रिय कमिटीलाई तपाईको क्षेत्रमा रहेका प्रतिभावान खेलाडीलाई तयारी अवस्थामा राख्नु भनेर पत्रचार गरेका छौ ।”

अमेरिकाको पोर्टल्याण्डमा लामो समय देखि युएसडब्लुसी तेक्वान्दो एशोसिएशन हलिउड स्कूल संचालन गर्दै आएका मास्टर डान दिवाकर मर्हजनले एनआरएन खेलाडी छनोट प्रक्रिया बारेमा प्रष्ट हुनु पर्नेमा जोड दिएका छन् ।

“परिषद्को निर्णय स्वागत योग्य छ, तर अब सबै भन्दा ठूलो कुरा कसरी खेलाडी लैजाने भन्ने हो, त्यो पारदर्शी हुनु पर्दछ, हरेक खेलको जिम्मेवारी तोक्नु पर्दछ, तेक्वान्दोकै कुरा गर्ने हो भने युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ, यो सस्थालाई नेपाल बाहिर कुन देशमा कस्ता कस्ता खेलाडी छन भन्ने थाहा छ । यस्तै अर्को खेलको पनि त्यस्तै होला ।”

अमेरिकामा खेलुकदमा पूर्णरुपमा सक्रिय थोरै नेपाली मध्येका एक तथा एनआरएन आइसीसी खेलकुद समितिको सल्लाहाकार मर्हजनले खेलाडीको दुरुपयोग पनि रोक्नु पर्ने धारण राखेका छन् । “एनआरएनखेलाडीको बीचमा छनोट हुनै पर्दछ , त्यो छनोट नेपालमा नै गएर गराउदा राम्रो हुन्छ । विदा, पढाई छोडेर जान पनि गाह्रो हुन्छ, व्यक्तिगतरुपमा एक दुइ जना सुटुक्क जाने सम्भावना पनि हुन्छ, अर्को पाटो भोली नेपालमा हारे पछि एनआरएन टिमबाट खेल्न आउने पनि सम्भावना हुन्छ ।”

अमेरिकाको पोर्टल्याण्डमा रहेका तेक्वान्दो प्रशिक्षक तथा एनआरएन आइसीसी खेलकुद समितिका पूर्व संयोजक नारायण गुरुङ पहिलो बर्ष नै धेरै कुरा गर्न गाह्रो हुने भए पनि एउटै विधामा धेरै खेलाडी देखिएमा काठमाडौमा पुगेर छनौट गर्नु पर्ने सुझाव दिएका छन् ।

“राम्रो कुरा हो , यसले बाहिरका खेलाडीले मेरो देश भनेर खेल्न पाउछ । यही क्रम बढदै जादा स्पोर्टस टुरिजमको बिकास हुन्छ, एउटै विधाका दुइ भन्दा धेरै भ एभने एक हप्ता अगाडी नेपाल गएर एनआरएन एनआरएन बीचमा छनौट गराउनु पर्छ ।”

एनआरएन खेलकुद संयोजकले राजु मानन्धरले दिवाकर मर्हजन र नारायण गुरुङको भनाईमा सहमति जनाएका छन् । उनी भन्छन “पहिलो बर्ष हो, भने जस्तो सोचे जस्तो नहुन पनि सक्छ, एउटै विधामा एक भन्दा धेरै खेलाडी सहभागि हुन इच्छुक देखिए भने हामी काठमाडौमा नै छनोट गराएर राष्ट्रिय खेलकुदमा सहभागि गराउछौ ।” उनले जुन देशमा रहेको खेलाडी सहभागि हुने हो त्यही देशको एनआरएन राष्ट्रिय समितिले खेलाडीको खर्च बेहोर्ने गरि गरि परिपत्र गरिने बताउछन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result