माेरङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा सरकारले भ्रष्ट्रचारीलाइ लुकाउन खाेजेकाे आराेप लगाएका छन् । उनले भ्रष्ट्रचारी जाे सुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन् ।
मोरङको लेटाङ नगरपालिकामा काँग्रेसकाे भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले छुट्टै छानवीन समिति बनाएकाेले सरकारले भ्रष्ट्राचार लुकाउनेमा शंका बढेकाे बताए ।
सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाएको थियो । यसले वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको देउवाले बताए । उनले भ्रष्ट्राचारी जाे सुकै भए पनि नछाड्ने बताएका छन् । “घटनामा संलग्न जोसुकै भए पनिकाँग्रेस छाड्दैन” ।
देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको बताए । ” सरकारले शिक्षा, सञ्चार, प्रहरी सङ्गठनलगायतका क्षेत्रमा हस्तक्षेप गरेको छ त्यसका विरुद्ध कांग्रेसले अब देशभर आन्दोलन शुरु गर्छ ।”
फाइल फाेटाे







प्रतिक्रिया लेख्नुहोस्:-