Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

साम्राज्यवादीसँग नझुकेका पृथ्वी नारायणलाई अमेरिकामा सम्झना गरिँदै

पुस २६, २०७५ ८:२३ मा प्रकाशित
साम्राज्यवादीसँग नझुकेका पृथ्वी नारायणलाई अमेरिकामा सम्झना गरिँदै
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को १० जनवरी /

विश्वभर साम्राज्यवादको दबदबा रहेको बेला युद्ध, वार्ता र मिलापबाट टुक्रे राज्यहरूलाई मूल राज्य भित्र ल्याएर नेपाल बनाएका राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई अमेरिकाको सानफ्रानसिस्कोमा सम्झना गरिने भएको छ ।

राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९६ औँ जन्म जयन्तीको अवसरमा “वीर पुर्खाहरूको सम्मान गरौँ” भन्ने नाराका साथ सानफ्रानसिस्कोमा कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि ७ सदसिय तयारी समिति गठन गरिएको छ । नेपालीको विश्व सामु अलग पहिचान वनाउ योगदान गर्ने राजा पृथ्वी नारायणलाई राष्ट्रिय एकता दिवसका दिन विश्वभर रहेका नेपालीहरूले सम्झने गर्छन् ।

सानफ्रानसिस्को क्षेत्रका सक्रिय व्यवसायी प्रिन्स युवराज कार्कीको संयोजकत्वमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूलाई समेटेर तयारी समिति निर्माण गरिएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य चन्द्र धिताल, नेपाली सामुदायिक भवन निर्माण समितिका अध्यक्ष उत्तम कार्की, मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे, कानुन व्यवसायी यज्ञ प्रसाद नेपाल समाजसेवी मणी नेपाली पनेरु, नारायण सोम्नामे, पदम लामा तथा सुनिता गुरुङ इस्टर्ले सदस्य रहेको मूल समारोह समितिको गठन भएको छ । कार्यक्रमका लागि समितिले आवश्यक गृहकार्य गरिरहेको संयोजक युवराज कार्कीले बताए ।

यही जनवरी १२ तारिख सानफ्रानसिस्को इष्ट वेमा गर्न लागिएको कार्यक्रममा मदर ल्यान्ड नेपाल, पश्चिम अमेरिका नेपाली महा सङ्घ, नेपाल विश्व सहयोग सङ्घ तथा लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना प्रमुख आयोजक रहेका छन् । उत्तर क्यालिफोर्नियाका अरू सङ्घ संस्थाका प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागिता रहने छ ।

सबै जात जाती, धर्म, सम्प्रदाय र भूगोललाई एकताको सूत्रमा वाधेर देश प्रेप र राष्ट्रिय पहिचानको धरोहर निर्माण गर्नु त्यस बेला ठुलो चुनौती थियो । त्यही जटिल परिस्थितिलाई चिर्दै र सम्हाल्दै एकीकरण गरेको देश नेपाल संसारमा साम्राज्यवाद सामु नझुकेका थोरै मुलुकको सूचिमा पर्छ । आयोजक समिति सदस्य चन्द्र धिताल भन्छन् “उनको योगदानलाई कसैले बिर्सन सक्दैन । त्यसैले हामी विदेशी भूमिमा उभिएर उनको स्मरण गर्दै कार्यक्रम गर्न लागेका हौ ।” शाहलाई कुनै समूह र वर्गले आफ्नो स्वार्थमा जोड्ने र कसैले नबुझी घृणा गर्ने भएका कारण उत्पन्न संशयलाई चिर्न पनि यो कार्यक्रम सहयोगी हुने धितालको विश्वास छ ।

कार्यक्रमका संयोजक कार्की पनि धितालको भनाइसँग सहमत देखिन्छन् । “पृथ्वी नारायण शाह नेपालीहरूका गौरव हुन् । उनी दुरद्रष्टा र समयलाई बुझ्न सक्ने राजा थिए ।” युवराज कार्की भन्छन् “उनका उपदेशहरू अहिले पनि त्यतिकै सान्दर्भिक र धरातलिय यथार्थमा छन् । त्यसलाई मनन गर्ने हो भने पनि नेपाललाई अहिलेको समस्याबाट बाहिर निकाल्न सकिन्छ ।”

पृथ्वी नारायण शाहको साहस र सुझ बुझ पूर्ण कदमबाट परास्त भएका विस्तारवादी र विधर्मिहरुले पछिल्लो समय प्रकाशन गरेका कतिपय लेख र पुस्तकमा शाहले एकिरणको समयमा मानवता विरोधी अपराध गरेको, जातजातिमा विभेद गरेको, नाक कान काटेको जस्तो मिथ्या आरोपहरू लगाएका छन् । नियोजित र आधारहीन आरोपलाई फैलाएर धार्मिक सद्भाव र राष्ट्रिय एकतामा खलल पु¥याउन गरिएका प्रपञ्चबारे आम मानिसलाई जानकारी गराउन पनि यस्ता कार्यक्रम गरिनु पर्ने आयोजकहरू बताउँछन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result