Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पृथ्वीजयन्ती कार्यक्रममा प्रधानमन्त्री ओलीकाे भनाई राजतन्त्र फर्कने सपना नदेखे हुन्छ 

पुस २६, २०७५ १:५५ मा प्रकाशित
पृथ्वीजयन्ती कार्यक्रममा प्रधानमन्त्री ओलीकाे भनाई राजतन्त्र फर्कने सपना नदेखे हुन्छ 

k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ g]kfn k|1f–k|lti7fgdf @(&cf}+ k[YjLhoGtL tyf /fli6«o Pstf lbj;sf] pknIodf cfof]hgf ul/Psf] g]kfnL /fli6«otf / k[YjLgf/fo0f zfx ljifos k|jrg Pjd k|ltdf cgfj/0f sfo{qmddf >L k[YjLgf/fo0f zfxsf] k|ltdfdf dfNofk{0f ub}{ . t:jL/ M rGb|snf If]qL, sf7df8f}+, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्नुभएको छ ।

दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनै पनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे पनि हुन्छ, पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर मुख मिठ्याउनेबीच कुनै साइनो छैन, वास्तवमा राजतन्त्र पुनःस्थापनाको सपना देख्ने प्रतिगामी मात्रै हुन् ।”

प्रधानमन्त्री ओलीले स्पष्ट नीतिका साथ सरकारले नयाँ बाटो समातेको र प्राप्त उपलब्धिलाई संस्थागत गरी जनतालाई परिवर्तनको अनुभूत गराइने उल्लेख गर्दै “यो पाँच वर्षे स्थायी सरकार हो, सङ्ख्याको बहुमत मात्र हैन, स्पष्ट ‘भिजन’सहित अगाडि बढेका छौँ, आँकडामा खेलेर परिवर्तन आउँदैन बरु उपलब्धिले आँकडालाई परिवर्तन गर्ने हो, मैले बजेट कार्यान्वयन मङ्सिरसम्मको पाँच महीने तथ्याङ्क प्रस्तुत गरेको हुँ”, भन्नुभयो ।

सरकार नयाँ बाटोमा 

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण कानून निर्माणमा बढी केन्द्रित हुनु परेको उल्लेख गर्दैे सरकारले अब विकास र समृद्धिको यात्रालाई रफ्तारमा अघि बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत असोज २ गतेसम्म मौलिक हक कार्यान्वयनसम्बन्धी कानून निर्माणमा बढी अल्मलिनुप¥र्यो, त्यसयता अरु कानून निर्माणसँगै नयाँ अभियान पनि चलाइरहेका छौँ, जसका सकारात्मक असर देखिँदैछन् अब, नेपालमा कोही भोकै बस्नु पर्दैन, भोकले मर्नुपर्दैन, तराईमा शीतलहरबाट जोगाउन न्यानोका लागि आवश्यक सामग्री पठाएका छौँ, अर्को वर्षसम्म निराक्षरता उन्मूलन गर्ने अभियानका साथ लागेका छौँ, त्यसैले अब सरकारले नयाँ बाटो समातेको छ ।”

राष्ट्रिय एकता आवश्यकताअनुरुप 

प्रधानमन्त्री ओलीले पृथ्वीनारायणलाई राष्ट्र निर्माणको अगुवाइ गर्ने नायकका रुपमा आफूले बुझेको चर्चा गर्दै राष्ट्रिय एकतालाई अहिलेको आवश्यकताअनुरुप सबल र बाबजुद बनाइनुपर्नेमा जोड दिनुभयो ।

पृथ्वीनारायणले नेपाल राष्ट्रको एकीकरणको अगुवाइ नगरेको भए नेपाल अहिलेको अवस्थामा नआउने उहाँको भनाइ थियो ।

स्वाधीन राष्ट्र नेपाललाई विगतमा भड्काउन र विभाजन गर्न विभिन्न चलखेल भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियहित, न्यायोचित र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा छिमेकीसँगको सम्बन्धलाई सौहार्दपूर्ण बनाइने बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको उपदेश र विचारलाई स्वाधीन राष्ट्र निर्माणका लागि आजका दिनमा पनि उत्तीकै सान्दर्भिक भएको धारणा व्यक्त गर्नुभयो ।

“पृथ्वीनारायणका विचार राष्ट्रलाई एकता र समृद्ध बनाउने खालका छन् ‘दुई ढुङ्गाबीचको तरुल’ यहाँको कूटनीति आज पनि सान्दर्भिक छ, प्राज्ञिक वर्षले यसलाई अझ सान्दर्भिक बनाएर लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व साम्राज्यवादले घेरेको विषम परिस्थितिमा नेपाललाई एकीकरण गर्न पृथ्वीनारायणले गरेको योगदानलाई आजको पुस्ताले भुल्न नहुने विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानकै उपकुलपति डा जगमान गुरुङले पृथ्वीनारायणको राष्ट्र निर्माणको योगदानलाई आत्मसात् गर्दै अग्रगमनतर्फ लागेर प्राज्ञिक उन्नतिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले प्रज्ञा–भवन परिसरमा निर्माण गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा निर्मित प्रतिमा अनावरण गर्नुभएको थियो ।

त्यस्तै कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औँ जन्मजयन्तीका अवसरमा निर्मित प्रतिमाको पनि उहाँले अनावरण गर्नुभएको थियो । सँगैको सरस्वती मन्दिरमा प्रधानमन्त्रीले माल्यार्पण गर्नुका साथै परिसरमै प्रदर्शित एकीकरणसँग सम्बन्धित चित्रकलाको अवलोकनसमेत गर्नुभएको थियो ।

‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक प्रवचन तथा प्रतिमा अनावरण कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, नेपाल ललितकला प्रतिष्ठान र नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठान संयुक्तरुपमा आयोजना गरेको हो ।
–––

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result