Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एन्फाद्वारा आफ्ना आलोचकमाथि अनुशासनको डण्डा, टासी घलेको मानार्थ अध्यक्ष पद खोसियो

माघ ३, २०७५ २:०७ मा प्रकाशित
एन्फाद्वारा आफ्ना आलोचकमाथि अनुशासनको डण्डा, टासी घलेको मानार्थ अध्यक्ष पद खोसियो
Share on FacebookShare on Twitter

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पछिल्लो समय नेतृत्वको आलोचनामा उत्रिएका चार जिल्ला फुटबल संघका अध्यक्षलाई अनुशासनको कारवाही प्रक्रिया शुरु गरेको छ । यस्तै एन्फाले टासी घलेको मानार्थ अध्यक्ष पद पनि खोसेको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाको अध्यक्षतामा बिहिवार राजधानीमा सम्पन्न कार्यसमितिको बैठकले काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ्गका अध्यक्षमाथि अनुशासनको कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हाे ।  एन्फा कार्यसमितिको बैठक पछि प्रवत्ता किरण राई द्वारा प्रेसित विज्ञप्तीमा भनिएको छ, “चित्त नबुझेका विषयमा संघमा छलफल तथा आफ्नो राय राख्न पाउने प्रावधान रहदा रहदै पनि सिधै पत्रकार सम्मेलन गरी सत्य तथ्य हिन अव्यवहारिक लानछाना लगाएको हुदा सचिवालय मार्फत छानवीन गरी आवश्यकता अनुसार निर्णय लिन अनुशासन समितिमा सिफारिस गर्ने गरी निर्णय गरियो ।”

घरेलु फुटबल राजनीतिमा भ्रष्ट्राचारको आरोपमा निलम्वित अध्यक्ष गणेश थापाको पक्षमा रहेका चार जिल्ला फुटबल संघका अध्यक्षहरुले एन्फाको वर्तमान नेतृत्वले विभिन्न शिर्षकमा भ्रष्ट्राचार गरेको, एन्फा निर्वाचनमा नतिजा आफ्नो पक्षमा ल्याउन आर्थिक चलखेल गरेको भन्दै पदाधिकारीको वार्तालापको अडियो सार्वजनीक गरेका थिए ।

नेतृत्वको कार्यशैलीमा औला उठाउने विरुद्ध अनुशासनको डण्डा चलाएर एन्फाको वर्तमान नेतृत्वले झण्डै तीन दशक एकछत्र राज गरेका पूर्व अध्यक्ष गणेश थापाले पथ पछ्याएकाे देखिन्छ ।  एन्फामा हुकुमी शासन चलाउने थापाले पनि आफ्नो आलोचकलाई कुनै न कुनै बाहानामा फुटबलबाट बाहिर पठाउने गरेका थिए ।

थापा विरुद्ध शुद्धिकरणको आन्दोलन चलाएका एन्फाका तत्कालिन उपाध्यक्ष एंव अहिलेका अध्यक्ष कर्मा छिरिङ्गलाई पनि थापाले अनुशासनको डण्डा चलाउदै पदमुक्त्त गरेका थिए । चार जिल्ला फुटबल संघका अध्यक्षले एन्फाको वर्तमान नेतृत्वले विभिन्न शिर्षकमा आर्थिक अनियमिता गरेको र निर्वाचनमा अनैतिक काम गरेको आरोप लगाउदै पत्रकार सम्मेलन गरेको थियो । सो आरोपको एन्फाले चित्तबुझदो स्पष्टीकरण् दिन सकेको छैन ।

एन्फामा भएका अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खेलकुदको विवादका बारेमा चासो राखेको भनेर समाचार आइरहेको समयमा एन्फा नेतृत्व आफ्ना आलोचक विरुद्ध कारवाहीमा उत्रिएको हो ।

 

यस्तै एन्फाले संघका मानार्थ अध्यक्ष टासी घलेलाई बर्खास्त गरेको छ । विज्ञप्तीमा भनिएको छ,“हाल सम्म सम्म संघलाई पुयाउनु भएको सरसल्लाह र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आजको मितिदेखि लागु हुने गरी मानार्थ अध्यक्षको पद ससम्मान फिर्ता लिने निर्णय गरियो ।”
निर्वाचनको समय कर्मा छिरिङ्ग शेर्पा समुहमा सक्रिय टासी घले पछिल्लो समय नेतृत्व प्रति असन्तुष्ट रहदै आएका थिए । मुलत टासीले युथ र बैदेशिक विभागको जिम्मेवारीका सम्वन्धमा टासीको असहमति रहेको जनाइएको छ । टासीले युथ र बैदेशिक सम्पर्क दुबैको जिम्मेवारी आफैले पाउनु पर्ने अडान राखेका थिए । एन्फाले बैदेशिक सल्लाहाकारमा गैर आवासीय नेपाली, एनआरएन नविन पाण्डेलाइ नियुक्ति गरेकाे छ । संविधानले राजनैतिक बाहेकका अन्य कुनै पनि काममा एनआरएनलाइ अधिकार दिएकाे छ । तर एन्फाकाे विद्राेही समुहले नविन पाण्डेलाइ विदेशी नागरिक भन्दै आलाेचना गर्दै आएकाे छ ।

एन्फा बैठकले राष्ट्रिय तथा उमेर समुहको प्रशिक्षकमा स्वीडेनका जोन कालेनलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै राष्ट्रिय टिमका पुर्व कप्तान राकेश श्रेष्ठलाई पाँच लाख रुपैया दिने निर्णय गरेको छ । आठ बर्ष खेलाडी बर्ष खोलडी घोषित हुदा श्रेष्ठलाई अर्पामेन्ट पुरस्कार दिने घोषणा गरिएको थियो । तर श्रेष्ठले अहिले सम्म अर्पामेन्ट पाएका छैनन ।

आसन्न महिला साफ च्याम्पियिनसिपको तयारीका लागि विभिन्न समिति गठन गरेको एन्फा बैठकले ओलम्पिक छनोटमा दोस्रो चरण सम्म पुग्ने महिला राष्ट्रिय टिमका खेलाडीलाई जनही ५० हजार रुपैया दिने निर्णय समेत गरेको छ । यस्तै एएफसी महिला यु – १९ च्याम्पियनशिपमा दोस्रो चरणमा पुग्ने टिमका सदस्यलाई जनही २५ हजार दिने निर्णय गरेको एन्फा बैठकले महिला साफ च्याम्पिनसिपको तषरीमा रहेका राष्ट्रिय टिमका खेलाडीलाई मासिक दश हजार प्रोत्साहन भत्ता दिन निर्णय गरेको छ ।

लिग र बार्षिक कार्यक्रमका लागि विभिन्न समिति गठन गरेको एन्फा बैठकले एन्फाको आगामी साधरण सभा चैत नौ गते विराटनगरमा गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result