काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीकाे जीवनरक्षका लागि नेपाल चिकित्सक संघले आन्दाेलनकाे घाेषणा गरेकाे छ । आइतबार काठमाडौंमा भएकाे उपत्यकाका चिकित्सकहरूकाे भेलाले सोमबारदेखि देशैभरका स्वास्थ्य संस्थाका चिकित्सकहरुले रिले अनसन सुरु गर्न निर्णय गरेकाे हाे । काठमाडाै उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पतालमा नै रिले अनसन गर्ने भएकाे छन् ।
चिकित्सा क्षेत्र सुधारकाे लागि लामाे समय देखि सत्याग्रह गर्दै आएका डाक्टर केसी १९ दिन देखि अनसनरत छन् । याे उनकाे १६ पटककाे अनसन हाे । यस अधि १५ पटककाे अनसन ताेडाउने क्रममा वर्तमान सरकारले गरेकाे सम्झाैता विपरित चिकित्सा शिक्षा विधेयक ल्याउन लागे पछि डाक्टर केसीले अनसन थालेका हुन । डाक्टर केसी अनसनमा नै रहदा सरकारले त्यसकाे प्रवाह नगरि प्रतिपक्षी दल नेपाली काँग्रेसकाे बिराेध हुदाँ हुदै जबर्जस्ती विधेयक पारित गरेकाे थियाे ।
संघले गत बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै ७२ घण्टाभित्र सरकारले डाक्टर केसीसँग गरेको सम्झौताअनुसार माग पूरा गरेर जिवन रक्षा गर्न आइतवार सम्मकाे अल्टिमेटम दिएको थियो ।
संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले अहिलेकाे लागि सोमबारबाट देशभरका चिकित्सकहरु आ–आफ्नो अस्तपालमा रिले अनसन सुरु गर्ने तर डाक्टर केसीकाे माग पूरा गर्न सरकारले चासो नदेखाएमा थप कडा कार्यक्रम ल्याउने बताएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-