Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक, व्यापार वार्तामा असर पर्ने सम्भावना

माघ १५, २०७५ १२:२० मा प्रकाशित
अमेरिका, चीनबीच व्यापारिक तनाव रोक्ने सहमति
Share on FacebookShare on Twitter

वासिङ्टन ।  अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ । वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ ।

अमेरिकी न्याय विभागले इरान विरुद्धको अमेरिकी प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरी इरानसँग कारोबार गरेको तथा हुवावेको अमेरिकी साझेदार कम्पनी टी–मोबाइलबाट व्यापारिक गोप्यता चोरी गरेको अभियोग लगाएको छ ।

विश्लेषकहरुले व्यापार वार्ता नियमित रुपमै अघि बढ्ने अनुमान गरेका छन्, तर कुनै निश्चित उपलब्धि तत्कालै सम्भव नहुने आशङ्का बढेको छ । दुबै पक्ष आगामी मार्च १ तारिखभित्रै कुनै सहमतिमा नपुगे करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा हाल लागेको १० प्रतिशत करवृद्धिलाई २५ प्रतिशत पु¥याइने अमेरिकाले जनाएको छ ।

“चिनीया अधिकारीहरुले वार्तालाई निरन्तरता दिनेछन्,” ब्रुकिङ इन्स्टिच्ट्युसनका वरिष्ट विश्लेषक डेभिड डोलरले बताउनुभयो । “उनीहरु अमेरिकी न्याय विभागको कार्यबाट प्रसन्न हुने कुरै छैन, तर मेरो विचारमा उनीहरुले हुवावे मामिलालाई व्यापार वार्तामा उठाउने छैनन् ।”

अमेरिकी व्यापार प्रतिनिधिहरुले अमेरिकी प्रशासनको पछिल्लो कदमले दुबै मुलुकबीच जारी व्यापार वार्ताको वातावरणलाई नोक्सान पु¥याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

न्याय विभागले हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउमाथि पनि अभियोग लगाएको छ । संयुक्तराज्य अमेरिकाले मेङलाई सुपुर्दगी गर्न पनि क्यानाडासमक्ष आग्रह गरेको छ । मेङलाई क्यानाडामा गत वर्ष डिसेम्बर १ मा पक्राउ गरिएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता सराहा स्यान्डर्समाथि हुवावे विरुद्धको फौजदारी अभियोगको चीन–अमेरिका व्यापार वार्तासँग कुनै सम्बन्ध छ कि भनी सोधिएको प्रश्नमा भन्नुभयो, “छैन, यी दुबै कुरा परस्पर फरक विषय हुन् ।”

दुबै पक्ष यस साता हुने वार्तामा ठोस उपलब्धि हुनेमा खासै आशावादी छैनन् ।

“यस साताको वार्तामा ठोस उपलब्धि होला भन्नेमा विश्वास लागेको छैन,” अमेरिका–चीन व्यापार परिषदका वरिष्ट उपाध्यक्ष एरिन एन्नीसले बताउनुभयो ।

अमेरिकी व्यापारिक समुदायको समर्थनमा ट्रम्प प्रशासनले चीनमाथि आफ्नो अर्थतन्त्रमा आधारभूत परिवर्तन गर्न दबाब दिइआएको छ । चीनले भने अमेरिकी चाहनालाई अक्षरशः पालना गर्न नसकिने बताउँदै आएको छ । विश्लेषकहका अनुसार चीनले अमेरिकी शर्तहरु स्वीकार गरेपनि चिनीया बजारमा प्रवेश त्यति सहज छैन ।

अमेरिकी व्यापार प्रतिनिधि एवं प्रमुख वार्ताकार रोबर्ट लाइटिजरले बौद्धिक सम्पत्तिको राम्रो संरक्षण होस् भन्ने चाहेको बताउनुभयो । उहाँले चीनले आफ्ना राज्य नियन्त्रित उद्योग व्यवसायलाई प्रदान गरिरहेको भारी अनुदानलाई कटौती गर्नुपर्नेमा जोड दिनुभयो । चिनीया अनुदानले स्वच्छ प्रतिस्पर्धामा जटिलता आएको अमेरिकी भनाइ छ ।

“अमेरिका–चीन इतिहासमै यस पटकको वार्ताको क्षेत्र निकै व्यापक र गहिरो छ,” ह्वाइट हाउसका वरिष्ट आर्थिक सल्लाहकार ल्यारी कुड्लोले बताउनुभयो ।

(रासस/एपी)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result