धनगढी । रुस्लान धनगढी प्रिमियर लिग ( डिपिएल ) को टिम महेन्द्रनगर युनाइटेडले टिमको पहिलो विदेशी खेलाडीको रुपमा युएई राष्ट्रिय टिमको कप्तान मोहम्मद नबिदलाई अनुबन्ध गरेको छ।
माघ २६ गते देखि फाल्गुन ११ गते सम्म धनगढीमा आयोजना हुने रुस्लान डिपिएलमा महेन्द्रनगर युनाइटेडको कप्तानी शरद भेसावकरले गर्दै छन्। टिमले अर्को विदेशी खेलाडीको नाम पनि छिट्टै सार्वजनिक गर्ने जनाएकाे छ । ३१ वर्षीय नबिद तिब्र गतिको बलर हुन् भने विस्फोटक ब्याटिंग पनि गर्न सक्छन्।
युएईको लागि ३५ एकदिवसीय अन्तर्राष्ट्रिय तथा २३ टि-२० अन्तर्राष्ट्रिय नबिदले खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ५० विकेट तथा टि-२० मा २३ विकेट लिएका छन्।
नबिदकाे अनुबन्धनले टिम अझ बलियाे हुने महेन्द्रनगर टिमका सह-मालिक निरज चन्दकाे विश्वास छ, ” उनि राम्रो ब्याटिंग पनि गर्न सक्छन्। उनको आगमनले हाम्रो युवा खेलाडीले भरिएको टिममा अनुभवको सम्मिश्रण गर्नेछ। टिममा नबिद आबद्ध भए पछि टिमले अझ राम्रो गर्नेमा आशावादी भएका छौ ।”
महेन्द्रनगर युनाईटेड टिमका खेलाडी :- शरद भेसावकर ( कप्तान ) , आरिफ शेख, रोहित पौडेल, अभिनाश बोहरा, अमर सिंह रौटेला, सागर ढकाल, दिलिप नाथ, सिद्धान्त लोहनी, शाहब आलम, कुशल मल्ल, दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का (लोकल प्लेयर ) , मोहम्मद नबिद ( बिदेशी खेलाडी )







प्रतिक्रिया लेख्नुहोस्:-