Tuesday, June 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फाेटाेमा हेर्नुस : यस्ताे बन्दैछ  धुर्मुस सुन्तली फाउन्डेशनले चितवनमा बनाउने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

माघ १६, २०७५ १:३७ मा प्रकाशित
फाेटाेमा हेर्नुस : यस्ताे बन्दैछ  धुर्मुस सुन्तली फाउन्डेशनले चितवनमा बनाउने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
Share on FacebookShare on Twitter

काठमाडौँ । धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका बनाउने भएकाे छ ।  फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच साेही सम्वन्धमा बुधवार राजधानीमा सम्झौता भएकाे छ ।

प्रधानमन्त्री केपी ओली, नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकाे उपस्थितिमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र  धुर्मुस सुन्तली फाउण्डेसनका  अध्यक्ष सीताराम कट्टेलले हस्ताक्षर गरेका छन ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर महानगरपालिका–१६ को कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा जग्गामा क्रिकेट रङ्गशाला बनाउने सहमति भएको हो ।

रङ्गशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ हुनेछ । गुरुयोजना तयार भएको दुई वर्षभित्र रङ्गशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

आगामी छ महीनाभित्र सबै पूर्वाधार तयार गरी दुई वर्षभित्र काम सम्पन्न गरी महानगरलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ । फाउण्डेशनले निर्माण कार्यलाई चुस्त बनाउन सल्लाहकमार समिति, मूल समिति, निर्माण तथा व्यवस्थापन समिति, कानून समिति, आर्थिक समिति, प्राविधिक समिति निर्माण गरिएको छ ।

रङ्गशाला निर्माणको लागत रु तीन अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेशनले जनाएको छ । रङ्गशाला करीब ३० हजार दर्शक क्षमताको हुनेछ । रङ्गशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुने तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का सम्पूर्ण मापदण्डहरु पूरा गर्ने बताइएको छ । रङ्गशाला कमलको फूल आकारको हुनेछ । बहुउपयोगी हुने यो रङ्गशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिनेछ उल्लेख छ ।

रंगशाला बनाउन भरतपुर महानगरपालिकाले फाउन्डेसनलाई जग्गा उपलब्ध गराउनेछ भने निर्माणका लागि आर्थिक स्रोत खोज्नेछ। हस्ताक्षर कार्यक्रममै विभिन्न क्षेत्रबाट करिब ४ करोड रुपैयाँको प्रतिबद्धता आएको छ।

६ महिनामा मोडालिटी तयार गरी दुई वर्षमा रंगशाला निर्माणको काम पूरा गर्ने तयारी छ। रंगशाला निर्माणका लागि तीन अर्ब रकम अनुमान गरिएको छ।

रङ्गशालाको निर्माण घोषणासँगै एस ट्राभल्सले रु तीन करोड दिने घोषणा गरेको छ । त्यसैगरी अल्का अस्पतालले रु २५ लाख, रवीराज सिंहले रु ११ लाख, कृष्ण आचार्यले रु पाँच लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट रु पाँच लाख सहयोग गर्ने भएको छ । यसैगरी कलाकार बद्री पंगेनीले रु एक लाख, प्याब्सनकी दीपिका थापाले एक लाख १० हजार, मह सञ्चारले रु एक लाख पाँच हजारलगायत घोषणा भएको छ ।

नेपाललाई खेलकूदको केन्द्र बनाउन सके रोजगारको सिर्जना गर्ने, राष्ट्रलाई आर्थिक आम्दानी गराउँदै खेलको माध्यमबाट राष्ट्रराष्ट्रबीचको सम्बन्ध जोड्नुका साथै देशको नाम अन्तर्राष्ट्रिय जगतमा अझ उच्च बनाउन सकिने फाण्डेशनको विश्वास छ । शान्तिका अग्रदूत गौतमबुद्धका नामा निर्माण गरिने रङ्गशाला निमाणले धार्मिक पर्यटनको समेत सम्भावना रहेको छ ।

 कार्यक्रममा प्रधानमन्त्री  ओलीले  फाउन्डेशनकाे  अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने आश्वासन दिएका छन् ।

तस्वीर साैजन्य : धुर्मुस सुन्तली फाउन्डेशन

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result