काठमाडौं । सत्याग्रही गाेविन्द केसीकाे माग पुरा गराउन नेपाल चिकित्सक संघले मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
शुरूमा ७२ घण्टे अल्टिमेटम त्यस पछि रिले अनशन शुरू गरेकाे संघले सरकार डाक्टर केसीकाे माग प्रति संवेदनशिल नभएकाे भन्दै कठाेर निर्णय गर्न परेकाे संघले जनाएकाे छ । प्रतिपक्षीदल नेपाली काँग्रेसकाे अवराेधका बीच राष्ट्रियसभाले बिहिवार चिकित्सा शिक्षा विधेयक पास गरे पछि सरकार अनसनरत डाक्टर केसीलाइ वेवास्ता गर्दै पेलेर जाने रणनीतिमा देखिएकाे भन्दै आपत्ती समेत जनाएकाे छ । २३ दिन देखि अनसनमा रहेका केसीकाे जीवन रक्षाका लागि सरकारले बेवास्ता गरेकाे संघले ठहर गरेकाे छ ।
संघका महासचिव लाेचन कार्कीद्वारा जारी विज्ञप्तिमा डा. केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले भोलि शुक्रबार सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-