काठमाडौं । नेपाली काँग्रेसले सरकारविरुद्ध काठमाडौंमा सहित देशभर प्रदर्शन गरेकाे छ । सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले साेमवार देशव्यापी प्रदर्शन गरेकाे हाे । काँग्रेसले सबै जिल्लामा र्यालीसहित विरोध प्रदर्शन गर्याे ।
प्रदर्शनका लागि केन्द्रीय नेताहरू जिल्ला पुगेका थिए । प्रदर्शनमा काँग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । उनीहरुले वाइडबडी विमान खरिदमा घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेकोलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।


.









प्रतिक्रिया लेख्नुहोस्:-