Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रूकुम पुगेर प्रचण्डकाे धम्की फेरि अर्को माओवादी जन्मन्छ

माघ २५, २०७५ १२:२८ मा प्रकाशित
रूकुम पुगेर प्रचण्डकाे धम्की फेरि अर्को माओवादी जन्मन्छ

cWoIf bfxfn z'esfdgf dGtJo JoQm g]kfn sDo'lgi6 kf6L{-g]skf_sf cWoIf Pjd k"j{k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú jl/i7 clwjQmf d'lQmgf/fo0f k|wfgåf/f lnlvt …Goflos ;ldlt M sfo{ljlw / k|lqmofÚ gfds k':tssf] z'qmaf/ nf]sfk{0fkl5 z'esfdgf dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;

Share on FacebookShare on Twitter

काठमाडौै । भेनेजुएला प्रकरणमा दिएकाे बक्तव्यका कारण पार्टी भित्र र बाहिर पनि विवादमा परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे रूकुम पुगेर “अर्को माओवादी जन्मन्छ” भन्ने धम्कीपूर्ण अभिव्यक्ति अाएकाे छ ।

 ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने बताए ।  वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ पुस्तकको शुक्रवार लोकार्पण गर्दै उनले शान्ति सम्झौता र संविधान इमान्दारिताका साथ कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताए ।

“यदि शान्ति सम्झौता र संविधान कार्यान्वयनलाई हल्कारुपमा लिइएको छ भने अब चाँहि देशलाई फेरि गाह्रो पर्न सक्दछ”, उनले भने , “यदि हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्याै। संविधान सभाबाट जे जति अधिकार प्रत्योजित गर्याै, त्यसलाई इमान्दारिताका साथ लागू गरिएन भने फेरि एकचोटी हामीले नचाहँदा नचाहँदै द्वन्द्वको स्थित आउन सक्छ ।” अब हुने द्वन्द्व भयानक हुने भन्दै त्यसलाई मुलुकले धान्न नसक्ने उनले  बताए ।

शान्ति सम्झौताका अन्तरनिहित भएर अगाडि बढेका छौँ त भन्ने प्रश्न उठेको बताउँदै प्रचण्डले भने, “हामीले बनाएका नियम कानून शान्ति प्रक्रियाअनुसार परिलक्षित छन् त भन्नेमा आशांका गर्न थालिएको छ ।”

उनले  जनताको घरदैलोमै सरकार पुर्याउने गरी संविधान बनाए पनि त्यो कार्यान्वयन नभएको अनुभूति हुन थालेको धारणा राखे । “स्थानीय र प्रादेशिक तह संविधानअनुसार जुन मर्मका साथ कार्यान्वयन हुनुपर्ने हाे त्यो भएको छ या विस्तारै कमजोर त पारिँदै छैन ?” उनले  आशांका गरे ।  प्रदेशमा चाहिने कानून, सुरक्षा र आर्थिक व्यवस्थापनलाई संविधानअनुसार अगाडि बढाउँदै छौँ त भन्ने प्रश्न गर्दै अध्यक्ष दाहालले भने , “स्थानीय तहमा जेजस्ता अधिकारको कुरा संविधानले गरेको छ, त्यहीअनुसार सिंहदरबारबाट प्रत्योजित गर्ने हो ।”

पूर्वप्रधानमन्त्री दाहालले नेपालको लोकतान्त्रिक संविधान प्रणाली कमै देख्न पाइने भन्दै संविधानमा सबै उपेक्षित वर्ग समुदायलाई अधिकार सम्पन्न तुल्याउने जे भनिएको हो त्यही दिशातिर बढाउँदै छौँ त भनेर प्रश्न उठ्न थालेको बताए । “म सुन्दैछु कि पुलिसमा भएका मुद्दा फटाफट अगाडि बढाएर पक्रन थाल्यो । २० वर्षपछि पनि फेरि उही”, उनले भने , “शान्ति सम्झौताको भावना र मर्म एकातिर छ, काम अर्कोतिर ।”

अध्यक्ष दाहालले पुरानै संस्कृति, संरचना, कार्यशैली र भ्रष्टाचारजस्ता रोगलाई संविधानमार्फत निदान गर्ने भनिए पनि त्यसो नभएको बताए । उनले मधेश र पहाडमा विकाराल स्थिति आउन सक्ने भन्दै त्यसलाई हिजोको जस्तै युगान्तकारी परिवर्तनको भावनाअनुसार काम गर्नुपर्ने बताए ।

“विस्तारै विस्तारै माओवादीलाई सिध्याइहाल्यो भनेर कसैले ठानेको छ भने त्यो दुर्भाग्य हुन्छ, अर्को माओवादी जन्मिन्छ । झन ठूलो लडाइँ हुन्छ”, उनले भने , “त्यसैले शान्ति सम्झौता र संविधान कार्यान्वयनमा एकजुट भएर मुलुक बनाउने ऐतिहासिक अवसरमा लाग्नुपर्छ ।”

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पुस्तकले स्थानीय तहको न्याय सम्पादनमा सहयोग पुर्याउने बताए । उनले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने भएकाले स्रोत साधनयुक्त बनाउनुपर्ने धारणा राखे ।

पूर्वगृहमन्त्रीसमेत रहेका  शर्माले स्थानीय तहमा शिक्षा, स्वास्थ्य र उत्पादन गरी तीन कुरालाई अगाडि बढाएर स्थानीय तहको विकास हुने बताए । उनले प्रदेश र स्थानीय तहलाई सङ्घले संविधानअनुसार अधिकार दिनुपर्ने बताए ।

शर्माले हिजो उठाएको आवाज आज आफूहरु सरकारमा रहँदा पनि कार्यान्वयन नभएको गुनासो गरे । उनलेले संविधान लेखिएका कुरा हुबहु नगरेर प्रदेश र स्थानीय तहलाई नदिएर अधिकार कुण्ठित गरेको भन्दै मुलुकलाई समृद्धिमा लैजान संविधान पूर्ण कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सांसद रामनारायण बिडारी र राधेश्याम अधिकारीले पुस्तकले स्थानीय तहमा रहेको न्यायिक समितिलाई न्याय सम्पादन गर्न सहयोग पुग्ने बताए । पुस्तकका लेखक प्रधानले न्याय समितिलाई मुद्दा छिनोफानो गर्न पुस्तक उपयोग हुने बताए ।

जिल्ला समन्वय समिति पश्चिम रुकुमको आयोजना भएको पुस्तक लोकापर्णमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र नेपाल बार एशोसिएशन सर्वोच्च अदालतका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले ७७ वटै स्थानीय तहका न्यायिक समितिलाई पुस्तक सहयोगी बन्ने बताए । समितिका सदस्य धनवीर ओलीले पुस्तकले आफूहरुजस्ता जनप्रतिनिधिलाई स्थानीय तहको न्याय निरुपण गर्न सहयोग मिल्ने बताए ।

रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result