Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डिपिएलको पहिलो दिन : काठमाण्डौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स विजयी

माघ २८, २०७५ १:०७ मा प्रकाशित
डिपिएलको पहिलो दिन : काठमाण्डौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स विजयी
Share on FacebookShare on Twitter

धनगढी । धनगढी प्रिमियर लिगको पहिलो दिन सोमवार काठमाण्डौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सले आ आफ्नो खेल जितेका छन् । फाप्ला मैदानमा काठमाडौं घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले हरायो । अर्को खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडको चुनौति दुई रनले पन्छायो ।

पहिलो खेलमा धनगढीले दिएको एक सय ३३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा काठमाडौले निर्धारित ओभर सकिन एक बल बाँकी रहँदा लक्ष्य पुरा गर्यो ।

काठमाडौलाई महत्वपूर्ण जित दिलाउने क्रममा गौरभ तोमरले २८ रन, अनिल कुमार शाहले २४ रन तथा अंकित दवासले २९ रनको पारी खेले । धनगढीका लागि रोहन मुस्तफाले ४ विकेट लिए । आमीर हायत र विपीन कार्की ले पनि समान १÷१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सोमपाल कामीको कप्तानीमा रहेको धनगढीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । ओपनरद्धय सुनिल घमला र रोहन मुस्तफालाई सस्तैमा गुमाएको धनगढीले यसपछि तेस्रो विकेट का लागि अमित श्रेष्ठ र सन्दिप रजाली बिच ५२ रनको साझेदारी भएको थियो । अमित श्रेष्ठले प्रतियोगिताको पहिलो अर्धशतक बनाए । ५० बलको सामना गरेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए । सन्दीप ले २८ रनको पारी खेले । पवन सरार्फले १९ तथा सौरभ खनालले अविजित रहदै २५ रन बनाए । काठमाडौका लागि नन्दन यादवले २ विकेट लिए भने ललित राजवंशी र अंकित दवासले समान १÷१ विकेट लिएका थिए ।

दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले हरायो । एक सय १२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १०९ रन मात्रै बनाउन सक्यो । टोलीका आनन्द सुब्रमनियनले २५ र रोहित पौडेलले २४ रन बनाए । कप्तान शरद भेषावाकर ४, कुशल मल्ल ९, आरिफ शेख ५ र सिद्धान्त लोहनी ४ रनमा आउट भए । रुपन्देहीका विक्रम सोवले ३ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए।

 

त्यस्तै पुनित मेहराले २ तथा ललितसिंह भण्डारी, कृष्ण कार्की र बसन्त रेग्मीले १÷१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीले सवै विकेट गुमाउँदै एक सय ११ रन बनायो । रुपन्देहीका लागि सुमित महर्जनले २७ रन बनाए । यस्तै प्रदीप ऐरी १, सन्दीप सुनार १५, बाबर हायत १४, विनोद भण्डारी १९, पुनित मेहरा ३, भीम सार्की २ रन बनाउँदै आउट भए । यस्तै कप्तान बसन्त रेग्मी र ललितसिंह भण्डारी शुन्यमा आउट भए भने कृष्ण कार्कीले ४ रन जोडे । विक्रम साव १० बलमा १६ रन बनाउँदै अविजित रहे।

महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सागर ढकाल र अविनाश बोहराले २÷२ विकेट लिए। कप्तान शरद भेषावकरले १ विकेट लिए ।

 

लिग अन्र्तगत मंगलवार पनि दुई खेल हुनेछन । पहिलो खेलमा धनगढी स्टार्स र सिवाईसी अत्तरीया प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स खेल्नेछन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result