Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भ्रष्टाचार निर्मूल पार्न सबैको साझा अठोट र प्रतिबद्धता आवश्यक : राष्ट्रपति

माघ २८, २०७५ ४:१२ मा प्रकाशित
भ्रष्टाचार निर्मूल पार्न सबैको साझा अठोट र प्रतिबद्धता आवश्यक : राष्ट्रपति

/fi6«klt ljBfb]jL e08f/L ;f]daf/ sf7df8f}Fdf clVtof/ b'?kof]u cg';Gwfg cfof]usf] @*cf}+ :yfkgf lbj;nfO{ ;Daf]wg ug'{x'Fb} . t:jL/ M rGb|snf If]qL, /f;;

Share on FacebookShare on Twitter

 

काठमाडाै‌ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गौरवशाली इतिहास र भावी पुस्ताको सुन्दर भविश्यमा कुनै धब्बा नलागोस् भन्ने विषयलाई हृदयङ्गमन गरी परिवार, समाज र राष्ट्रबाट भ्रष्टाचारजन्य प्रवृत्तिलाई छिटोभन्दा निर्मूल पार्नु जरुरी छ भन्नुभयो ।

सबैको समन्वयात्मक प्रयासबाट मात्र भ्रष्टाचर नियन्त्रण र सुशासन अभिवृद्धि गर्न सकिने औँल्याउँदै राष्ट्रपतिले भन्नुभयो, “नवीन प्रविधि र परिवर्तित प्रवृत्तिका कारण चुनौती थपिँदै गएको अवस्थामा भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने सुनिन गएको छ, यो चिन्ताको विषय हो ।”

भ्रष्टाचारको भयावह असरबारे ज्ञान भएका र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीको विषय भएको बताउँदै उहाँले गैरकानूनी तवरबाट आर्जित धन सम्पत्तिले क्षणिक लाभ भए पनि अन्तत्वगत्वा यसले सामाजिक, आर्थिक र मानसिक रुपमा नकारात्मक असर पार्दछ भन्ने तथ्यलाई सबैले मनन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपतिले भन्नुभयो, “विष वृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुपर्नेका साथै यो जति बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षत्बिक्षत र तहस नहस बनाउँदै जान्छ ।”

उहाँले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर सेवा गर्ने शपथ लिएको सार्वजनिक पदाधिकारी तथा कर्मचारीले नैतिकता, निष्ठा र प्रतिबद्धता तथा कर्तव्यपरायणताका साथ जिम्मेवार भई कार्य गरेमा राज्य संरचनाप्रतिको जनविश्वास अभिवृद्धि हुनाका साथै जनअपेक्षाअनुरुप मुलुकमा सुशासन र समृद्धि हासिल हुन सक्ने बताउनुभयो ।

नेपाल भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसबाट सिर्जित दायित्व निर्वाहका लागि आवश्यक कानूनी, नीतिगत र संस्थागत प्रबन्ध गरी प्रभावकारी रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवं सरोकारवाला सबैको सहयोगको खाँचो आँैल्याउनुभयो ।

उहाँले समयक्रमसँगै भ्रष्टाचारको स्वरुप र शैलीमा पनि परिवर्तन हुँदै गएको हुँदा नवीनतम् प्रविधिको प्रयोग गर्दै आयोगले आफ्ना गतिविधिलाई परिमार्जन गर्दै भ्रष्टाचार नियन्त्रणमा अझ सक्रिय र सबल भई अगाडि बढ्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले आयोगका कामकारवाहीबाट विनियोजित स्रोत साधनको सदुपयोग गर्न तथा सरकारी सम्पत्तिको संरक्षण गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

उहाँले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान गरी अभियोजन गर्ने संवैधानिक जिम्मेवारी आयोगमा रहे पनि मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सबै सरोकारवाला पक्षको सहकार्य र सहयोगको खाँचो आँैल्याउनुभयो । राष्ट्रपति भण्डारीले भ्रष्टाचरका परिणामबारे जानकारी नुहने व्यक्तिलाई सचेतनामूलक कार्यक्रममार्फत सुसूचित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने दायित्व भएका व्यक्तिबाट नियतवश हुने कार्यलाई दण्डात्मक कारवाहीबाट निरुत्साहित गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक पदधारण गरेका व्यक्तिले गर्ने भ्रष्टाचारजन्य कार्यले कुनै न कुनै रुपमा सार्वजनिक स्रोतको अपव्यय हुनाका साथै जनताको सेवा प्राप्त गर्ने अधिकार कुण्ठित हुने र मुलुकको विकास र समृद्धिमा बाधा पुग्ने बताउनुभयो ।

भ्रष्टाचारजन्य कार्यपछि हुने दण्डात्मक कारवाहीले मात्र अतुलनीय क्षतिको पूर्ति हुन नसक्नेतर्फ सचेत गराउँदै राष्ट्रपतिले भ्रष्टाचार भइसकेपछि कारबाही गर्नेभन्दा भ्रष्टाचार हुनै नदिने अवस्थाको सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने कुरा प्रति प्रतिबद्ध हुनु नै भ्रष्टाचार नियन्त्रणको सबैभन्दा उत्तम उपाय हो ।”

राष्ट्रपतिले आयोगले आगामी दिनमा निष्ठापूर्वक, सक्रिय रही संवैधानिक भूमिका निर्वाह गर्ने अपेक्षासमेत व्यक्त गर्नुभयो । उहाँले समाजका विभिन्न क्षेत्र, तह र तप्काबाट अपेक्षा गरिएका नागरिकका आशा, भरोसा र विश्वासलाई पूर्रा गर्न सफल हुने शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले भ्रष्टाचार विरोधी महाअभियानमा आ–आफ्नो स्थानबाट साथ दिन र भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता अपनाउन आह्वान गर्नुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले आयोगको वार्षिक प्रतिवेदनको लोकर्पणसमेत गर्नुभयो ।

रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result