Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी राजनीतिज्ञका चर्चित याैन काण्ड : केहीकाे  राजनीतिक जीवन नै भयाे बर्वाद 

फाल्गुन ३, २०७५ २:३१ मा प्रकाशित
अमेरिकी राजनीतिज्ञका चर्चित याैन काण्ड : केहीकाे  राजनीतिक जीवन नै भयाे बर्वाद 
Share on FacebookShare on Twitter

बद्री गाैतम \ दूरवीन नेपाल

न्युयाेर्क । कैयनको लागि सपनाको मुलुक अमेरिका, संसार भरीका मानिसहरुको बसोबास रहेको अमेरिकामा कहिलेकाहीं यस्ता काण्डहरु हुने गर्दछन, जसले संसारलाई चकित बनाउने गर्दछ । अमेरीकी राष्ट्रपति देखि अभिनेतामात्र होइन, साधारण मानिसहरुका सेक्स स्क्याण्डलले बेला बेलामा अमेरिकालाई चर्चित बनाउने गर्दछ ।

अमेरिका खुला समाजको प्रतिबिम्ब हो । खुल्ला समाजको उदाहरण दिनुपर्दा संसार भरिमा सबैभन्दा पहिले आउने नाम हो अमेरिका । तर जति नै खुल्ला समाज भनिएपनि यहाँको कानुनले सबैलाई अनुशासनमा बाँध्ने प्रयास गरेको छ । आफु बाँच तर आफु बाँच्दा अरुलाई असर पुर्याउन पाईदैन भन्ने अमेरिकाको मुल कानुनको उल्लंघन यदि कसैले गर्छ भने त्यो कानुनको कठघरामा उभिनै पर्छ । चाहे त्यो व्यक्ति अमेरिकी राष्ट्रपति नै किन नहोस ।

अमेरिकी इतिहासमा सबैभन्दा चर्चित यौन काण्ड हो विल क्लिन्टन र मोनिका लिवेन्स्कीको । क्लिन्टन राष्ट्रपति भएको बेला सार्वजनिक भएको सो काण्डले संसारभरि चर्चा पायाे । सोही काण्डका कारण उनको राष्ट्रपति पद नै धरापबाट मुश्किलले जाेगियाे । पछि क्लिन्टनले सो काण्डमा आफ्नो संलग्नता भएको स्वीकार्दै अमेरिकी जनता र आफ्नो परिवारसंग क्षमा मागेका थिए ।

यो लेखमा हामीले पछिल्लो बर्ष अमेरिकामा भएका चर्चित यौन काण्ड अर्थात स्क्याण्डलहरुका बारेमा चर्चा गर्ने प्रयास गरेका छौं । राष्ट्रपति डोनल्ड ट्रम्प र स्ट्रोमी ड्यानियल बारे सन् २०१८ को पहिलो महिनाको दोस्रो हप्तामै द वाल स्ट्रीट जर्नलले एउटा रिपोर्ट प्रकाशित गर्यो । जुन रिपोर्टले अमेरिकामा सनसनी त मच्चायो नै, सारा संसारको ध्यान आक्रिष्ट गर्यो ।

रिपोर्टमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र एडल्ट चलचित्रकी अभिनेत्री स्ट्रोमी ड्यानियलका विचको सम्बन्धलाई उजागर मात्र गरेको थिएन । राष्ट्रपतीय निर्वाचनको अभियान चलिरहेका बेला ट्रम्पका वकिल माइकल कोहेनले अभिनेत्री ड्यायिललाई एक लाख ३० हजार डलर बुझाएका थिए । सो रकम राष्ट्रपतिका उमेदवार ट्रम्प र ड्यानियलका विच भएको भनिएको सम्बन्धलाई गोप्य राख्नका लागि थियाे । त्यसकाे पुष्टी स्वयं ड्यानियलले दावी गरेकी थिइन ।

त्यसो त ट्रम्प र ड्यानियलका विचको सम्बन्ध सन् २००६ देखि रहेको कुरा सन् २०११ मा एक ब्लगमार्फत सार्वजनिक भएको थियो । शुरुमा ट्रम्पका वकिल कोहेनले सो आरोपको कडा खण्डनमात्र गरेनन् ट्रम्प र डेयानियलका विच त्यस्तो कुनै सम्बन्ध कहिल्यैपनि नरहेको दावी गरे । तर ड्यानियलले एक अन्तर्वातामा वकिल कोहेनले आफना नाबालिका छोरीकै अगाढि सम्बन्ध सार्वजनिक गरे जेपनि हुन सक्ने भन्दै धम्की दिएको र सोही कारण ट्रम्पसंगको सम्बन्ध गोप्य राख्न आफुले हस्ताक्षर गरेको बताएकी थिइन ।

यो विषय सार्वजनिक भइसकेपछि विभिन्न सरोकारवाला समुहले ट्रम्प र डेयानियलको सम्बन्ध व्यक्तिगत भएपनि उनलाई बुझाइएको भनिएको रकमको श्रोत सार्वजनिक हुनुपर्ने भन्दै कानुनी रुपमै छानविन हुनेपर्ने माग गरे । तर घटनाले एकाकएक यु टर्न त्यसबेला लियो, जब ट्रम्पका वकिल माइकल कोहेनले ड्यानियललाइ रकम बुझाएको स्वीकारे । उनले सो रकम आफ्नो गोजीबाट दिएको न्युयोर्क टाइम्ससंगको अतरर्वाताका बेला बताएका थिए ।

झण्डै दुई बर्षको कानुनी लडाई ट्रम्पकै पक्षमा गएपनि उनका पूर्व वकिल कोहेनलाई झुठो बोलेको भन्दै तीन बर्षको जेल सजाय अदालतले सुनायो । त्यस्तै झुठो आरोप लगाएको तथा नियतवस नै अनावश्यक कानुनी झमेला झिकेको भन्दै स्ट्रोमि ड्यानियलले झण्डै तीनलाख डलर जरिवाना ट्रम्प पक्षलाई तिर्नुपर्ने आदेश दियो । सो जरिवाना रकम कानुनी प्रक्रियामा भएको खर्च भन्दै तिर्न लगाइएको थियो । यो घटनामा राष्ट्रपति ट्रम्पको प्रत्यक्ष संलग्नता नदेखिएकोले खासै फरक परेन । कानुनी रुपमा ट्रम्प र ड्यानियलको स्क्याण्डल एक किसिमले किनारा लगिसकेको छ, तथापी यो स्क्याण्डल अझै सेलाएको भने छैन ।

राष्ट्रपति ट्रम्प र मोडल करेन म्याक डोगल डोनल्ड ट्रम्प राष्टपतिमा चुनिनु भन्दा अघि अर्थात राष्ट्रपतीय चुनावी अभियानको बेला डोनाल्ड ट्रम्पसंग सम्बन्ध रहेको भन्दै अर्की एक अभिनेतृलाई उद्धृत गर्दै समाचारहरु बाहिर आउन थाले । अभिनेतृ हुन अमेरिकी मोडल करेन म्याक डोगल । द वाल स्ट्रीट जर्नलका अनुसार म्याक डोगलले सन २००६ र ००७ को विचमा झण्डै एक बर्ष ट्रम्पसंग सँम्बन्ध रहेको बताएकी थिइन । अभिनेतृ तथा मोडललाई एक लाख ५० हजार डलर दिएर उनको सो एक्सक्लुसिभ स्टोरीको प्रतिलिपी अधिकार अमेरिकन मिडिया इन्टीच्युट अर्थात एएमआइले खरिद गरेको बताइएको थियो ।

एएमआइ त्यो कम्पनी हो जसको स्वामित्व नेशनल एन्क्वाएरर संग छ । यहा बुझ्न पर्ने कुरो यो छ की नेशनल एन्क्वाएररका मालिक डेभिड पेकर ट्रम्पका निकै नजिकका व्यक्ति हुन जो निर्वाचनका बेला ट्रम्पका पक्षमा निकै खटिएका थिए अझैपनि पेकर खुलेर ट्रम्पको वकालत गर्ने गर्दछन । पछि २०१८ को मार्चमा आफ्नाे आत्मकथाको प्रतिलिपी अधिकार खरिद गरेरपनि प्रकाशित नगरेको भन्दै डोगलले एएमआई विरुद्ध मुद्वा हालेकी थिइन ।

उता एएमआइले डोगलको ट्रम्पसंगको सम्बन्धको कथामा विस्वसनीयता नभएकोले प्रकाशित गर्न नसकिएको बताएको थियो । त्यस्तै ह्वाइट हाउसका प्रवक्ताले डोगलको दावी गलत र निराधार भएको प्रतिक्रिया दिएका थिए । निर्वाचनलाई प्रभावित पार्न हो वा सय तथ्य नै हो । जे भएपछि ट्रम्पसंग जोडिएका यी दुई स्क्याण्डलले संसारको ध्यान आकृष्ट गरेको थियो । तर यी दुवै आरोपमा राष्ट्रपति ट्रम्पको संलग्नता पुष्टि हुन भने सकेको छैन ।

सिनेटर अल फ्रान्केन

मिनेसोटाका सिनेटर अल फ्रान्केनले पाँच महिलाले दुर्व्यहारकाे आरोप लगाएपछि राजिनामा दिए नोभेम्बर २०१७ मा । सञ्चारकर्मी लियान टवीडेनले आफ्नो ब्लगमा लेखिन युनाइटेड सर्भिस अर्गनाइजेशनको भ्रमणका बेला सन २००६ मा सिनेटर फ्रान्केनले आफुमाथी यौन दुर्व्यहार गरेका थिए । सिनेटर फ्रान्केनले युएसओ भ्रमणको रिहर्शलको बेला जबरजस्ती चुम्बन गरेको जसका कारण आफुलाई घिनलागेको र पीडित महशुष गरेकोे लेखेकी थिइन ।

सोही भ्रमणका बेला फ्रान्केनले जहाजमा सुतीरहेकी लियानको बक्षस्थलमा हात लगेको फोटोपनि सार्वजनिक भएको थियो । तर सो आरोपका बारे सिनेटर फ्रान्केनले आफुलाई केहि सम्झना नभएको प्रतिक्रिया दिएका थिए । सिनेटरमाथी लागेको यो आरोपका बारे छानविन चलिरहेका बेला फेरी अर्की महिला लिण्ड्से मेन्जलेपनि उनीमाथी यौन दुव्र्यवहार गरेको आरोप लगाइन । फ्रान्केनले मिनेसोटा स्टेट फेअर २०१० का बेला सो दुर्व्यहार गरेको र उनले आफ्नो संवेदनशील अंगमा हात लगेको आरोप लगाइन ।

सो आरोपका बारे सिनेटर फ्रान्केनले, स्टेट फेअरका बेला आफुले हजारौं फोटोहरु खिच्ने र सयौं मानिसहरुले घेरिने हुंदा त्यस्ता घटना याद नहुने बताएका थिए । सिनेटर फ्रान्केनमाथी थप तीन महिलाले यस्तै प्रकृतिका आरोप लगाएका थिए । पछि सन २०१८को जनवरीमा उनले अफ्नो पदबाट राजिनामा दिए ।

जो बर्टन

जो बर्टन जसले अश्लिल भिडियो सार्वजनिक भएपछि अमेरिकी कंग्रेसबाट सन्यास लिए । उनी टेक्ससको छैठौं जिल्लाबाट अमेरिकाको प्रतिनिधि सभामा सन् १९८५ देखि प्रतिनिधित्व गर्दै आएका थिए । रिपब्लिकन राजनीतिज्ञ जो बर्टनको अश्लिल भिडियोको चर्चाले पनि अमेरिकी राजनीति तरंगित बन्यो । बार्टनले हस्तमैथुन गरिरहेको भिडियो धेरै महिलालाई पठाएको आरोप लागेपछि त्यसमाथी उनले माफी मागे र अबको निर्वाचन नलड्ने घोषणा गरे । बर्टनमाथी अर्की महिलाले पनि अश्लिल कुरा गरेको आरोप लगाइन ।

जोन कोनयर्स

मिचिगन राज्यबाट ५० बर्ष देखि अमेरिकी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आएका डेमोक्रयाट जोन कोनयर्स आफ्नै स्टाफमाथी दुर्व्यहार गरेको आरोप लागेपछि राजिनामा दिए । जोन कोनयर्सलाई पूर्व कर्मचारी माथी यौन दुर्व्यहार गरेको आरोप लाग्यो । कोनयर्सले सो कुरा सार्वजनिक नगर्न २७ हजार डलर पीडितलाई दिएको आरोपको कडा खण्डन र प्रतिवाद त गरे तर छानविन समितिले दोषी देखाएपछि सन २०१७ को डिसेम्बरमा राजिनामा दिन बाध्य बने ।

यी त केहि प्रतिनिधि उदाहरणमात्र हुन । अमेरिकी राजनीतिज्ञहरुका यौन काण्डहरुके लामै फेहरिस्त तयार पार्न सकिन्छ । खुला समाज अनि महिला हक र अधिकारमात्र होइन मानव अधिकारको लागि विश्वकै नमुना मुलक अमेरिकाका अधिकांश राज्यमा राजनीतिकर्मीहरुका यौन दुर्व्यहारका घटनाहरु सार्वजनिक हुने गरेका छन । कतिपय छानविनको अवस्थामा छन भने कतिपय राजनीतिकर्मीहरुले आरोप लागेपछि नै आफ्नो पदबाट राजिनामा दिइसकेका छन । कति त अझै कानुनी उपचारमै छन । पचासवटा राज्य रहेको अमेरिकामा हरेक राज्यमा कुनै न कुनै रुपका यौन काण्डहरु सार्वजनिक हुनु सामान्य जस्तै बनेको छ ।

यौन दुर्व्यहारको आरोप पनि लाग्छ, कानुनी लडाई चल्छ, कति प्रमाणित हुन्छन र कारवाहीपनि हुन्छ । कति भने नियतबस नै लगाइएको आरोप हुन्छ त्यसमा जसले आरोप लगाएको हो सोही व्यक्ति नै कानुनी कारवाहीमा परेका उदाहरणपनि धेरै छन अमेरिकामा । तर अमेरिकाको कानुन तुलनात्मक रुपमा चुस्त भएका कारण न्यायिक प्रक्रियालाइ आलटाल र ढाकछोप गर्ने सम्भावना कम भएको हुंदा यस्ता आरोप प्रमाणित भएपछि कानुनी कारवाहीको भागीदार भने धेरै बनेका छन ।

एजेन्सीकाे सहयाेगमा
फाेटाे विकिपिडिया

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result