Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डिपिएलः प्लेअफमा समिकरण पुरा, घरेलुटिम धनगढी बाहिरियाे, अत्तरियासँगै महेन्द्रनगर अघिल्लो चरणमा

फाल्गुन ६, २०७५ १:३१ मा प्रकाशित
डिपिएलः प्लेअफमा समिकरण पुरा, घरेलुटिम धनगढी बाहिरियाे, अत्तरियासँगै महेन्द्रनगर अघिल्लो चरणमा
Share on FacebookShare on Twitter

धनगढी । रूस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफ समिकरण पुरा भएको छ । सोमवार भएका खेलको नतिजाले प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो लागेको हो ।

 

हाल सम्म अपराजित काठमाण्डौ ७ अंक सहित शिर्ष स्थानमा रह्यो । सिवाईसी अत्तीया दोस्रो स्थानमा रहेको छ । समान ६ अंक भएपनि रुपन्देही च्यालेन्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाईटे र विराटनगर किंग्सको समान चार अंक भएपनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ ।

 

पहिलो स्थानमा रहेको काठमाण्डौ र दोस्रो स्थानमा रहेको सिवाईसी अत्तरिया बीचको खेल हुन बाँकी रहेको छ । त्यसले पहिलो र दोस्रो स्थानमा रहने टीमको टुङगो लाग्नेछ । सोमबारको दोस्रो खेलमा विराटनगर किंग्सलाई १० रनले हराउँदै अत्तरीया प्लेअफको पुगेको हो ।

 

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठुलो स्कोर १४८ रन बनायो । अत्तरियाको उच्च स्कोरमा सन्नी पटेल र जय किशन कोल्शावालाले अर्धशतकीय ईनिङस खेले । बिस्फोटक ब्याटिङ गरेका सन्नीले अविजित ६१ रन बनाए । ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा २ छक्का र ३ चौका प्रहार गरे । सन्नी डीपीएलमा अर्धशतक पुरा गर्ने पाँचौ खेलाडी समेत बने ।


यस्तै कोल्सावाला ५१ रनमा अविजित रहे । डीपीएलमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १० रन बनाए । विराटनगरका सुशन भारी र संसद शेखले समान १÷१ विकेट लिए ।

फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १४९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाउदा पृथु बास्कोटाले २७ रन जोडे । यस्तै अभिनाश यादवले १४ असद उल्लाह खान पठानले १३ रन बनाए । कप्तान करण केसी १२ रनमा आउट भए । अत्तरियाका भुवन कार्की र दिपेन्द्र रावतले समान ३÷३ विकेट लिए ।

 

धनगढी जित विहिन हुदै बाहिरियाे 

 

दिनको पहिलो खेलमा जित हात पारेर रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ ।साविकको विजेता धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्ले अफमा पुगेको हो । धनगढी भने जित विहीन भएर तेस्रो संस्करणबाट वाहिरिएको छ ।

बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो । हुस्सुको कारण ढिला सुरु हुँदा १५ ओभरमा खटाएर खेलाईएको खेलमा रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । यस्तै विनोद भण्डारीले २४ रन बनाए । रुपन्देहीका बाबर हायातले १९ रन जोड्दा विक्रम शोवले ११ रन बनाए । धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र विपिन खत्रीले समान २÷२ विकेट लिए ।

 

रुपन्देहीले दिएको १०७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले सर्वाधिक १५ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले ११ रन जोड्दा सन्दीप रजालीले १० रन बनाए । धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा विक्रम सोवले २ विकेट लिए । जितसंगै रुपन्देहीले ५ खेलबाट ६ अंक जोडेको छ । रुपन्देही अंक तालिकाकोे दोस्रो स्थानमा उक्लिएको छ । साविकको विजेता धनगढी भने जित विहीन बन्दै घर फर्किएको छ । धनगढीले ५ खेलमा मात्र १ अंक जोड्न सक्यो । अघिल्ला दुई संस्करणको विजेता धनगढी पहिलो पटक प्ले अफ नपुग्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

लिटल फ्लावर सुपर लिगको प्रथम पुरस्कार र सहप्रायोजक बीच सम्झौता

कैलालीको धनगढीमा हुने विद्यालय स्तरीय मृग गार्मेन्ट उद्योग लिटिल फ्लावर सुपर लिग अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७५ को प्रथम पुरस्कार र सह प्रायोजकसँग सम्झौता गरिएको छ । आज धनगढीमा पत्रकार सम्मेलन गदै प्रथम पुरस्कार एडुपल नेपाल र सह–प्रायोजक ईमेज बुक्स एण्ड स्टेसनरीले गर्ने सम्झौता गरिएको हो । आयोजक लिटिल फ्लावर हाई स्कुलका प्रिन्सिपल रामचन्द्र शाहीसँग एडुपल नेपालका प्रबन्ध निर्देशक टेकराज पन्त र ईमेज बुक्स एण्ड स्टेसनरीका सञ्चालक दिप रावतसँग सम्झौता गरिएको हो ।

प्रतियोगितामा धनगढी र अत्तरियाका गरी १२ टिमको सहभागिता रहेको प्रतियोगिता फागुन १३ गतेदेखि १८ गतेसम्म धनगढी रंगशालामा हुनेछ । चटकपुरमा रहेको मृग गार्मेन्ट उद्योगले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद ३० हजार र उप विजेताले १५ हजार पाउनेछन् ।

तस्वीर : आयाेजक 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result