काठमाडाै । नेपाली काँग्रेसका युवा नेता तथा सभासद गगन थापाले सरकारले खराव नियतका साथ सुचना प्रविधिसम्वन्धी विधेयक ल्याएकाे आराेप लागाएका छन ।
प्रतिनिधि सभामा शुक्रवार सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिदै थापाले प्रधानमन्त्रीले अरुलाई हाेच्याउन हुने तर प्रधानमन्त्रीकाे बारेमा कसैले बाेल्दा जेलहाल्ने गरि कानुन बनाउन लागिएकाे समेत आराेप लगाए । ‘सम्माननीय प्रधानमन्त्रीले प्रत्येक दिन अरुलाई होच्याउन मिल्ने, जिस्क्याउन र भन्न मिल्ने’ उनले भने ‘तर त्यसका बारेमा आलोचना गर्यो भने त्यही होच्याएको नाममा कसैले दण्ड पाउनेवाला छ ।’







प्रतिक्रिया लेख्नुहोस्:-