Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा आचार्य सिग्देलको “आँकुरापुन्ज” बिमोचित

बैशाख ८, २०७६ ८:५३ मा प्रकाशित
अमेरिकामा आचार्य सिग्देलको “आँकुरापुन्ज” बिमोचित
Share on FacebookShare on Twitter

 

बद्रि गौतम\दूरबिन नेपाल 

 

न्युयोर्क, अमेरिका, अप्रिल २१ । आचार्य तथा न्युयोर्ककका चर्चित पण्डित पीपलमणि सिग्देलको साहित्यिक कृति आँकुरापुन्ज सार्वजनिक भएको छ । शनिवार न्युयोर्कको लङआईल्याण्ड स्थित आसामाई हिन्दु मन्दिरमा आयोजित विशेष कार्यक्रममा कृतिलाई नेपाली महावाणिज्य दुतावास न्युयोर्ककका बाणिज्यदुत कृशु क्षेत्रीको प्रमुख आतिथ्यतामा बिमोचन गरिएको हो । झण्डै पाँच घण्टा चलेको साहित्यिक कृति विमोचन कार्यक्रममा न्युयोर्कका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । शुभकामना दिने अधिकांश बक्ताहरुले विदेशमा रहेरपनि नेपाली भाषा र साहित्यको विकासमा पुस्तकले महत्वपुर्ण भुमिका खेल्न सक्ने भन्दै आचार्य तथा साहित्यकार सिग्देलको तारिफ गरेका थिए ।

 

स्वस्ती बाचन पछि नेपाली र अमेरिकी राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा कविता संग्रहका लेखक आचार्य कपीलमणि सिग्देलले विदेशमा बसेर भएपनि नेपाली साहित्यमा एउटा कृति थप्न सकेकोमा खुशी व्यक्त गरे । सिग्देलले कविता संग्रह भनिएपनि पुस्तकमा नेपाली कविताको विकासका विभिन्न आयामहरुको चर्चा गरिएकोले नेपालका विश्वविद्यालयहरुमा पाठ्यक्रममा पनि समावेशको पहल भइरहेको जानकारी दिए ।

 

 

कार्यक्रमका प्रमुख अतिथि बाणिज्य दुत कृशु क्षेत्रीले आचार्य सिग्देलको नेपाल देखिको योगदानको चर्चा गर्दै आँकुरापुन्जमा कविता कम र समालोचना धेरै भएकोले यसलाई समालोचनात्मक कृति भन्दा उपयुक्त हुने धारणा व्यक्त गरे । क्षेत्रीले आचार्य सिग्देलको अर्को कृति अझ उत्कृष्ट र कवितामय होस भन्ने शुभकमना दिए । त्यस्तै जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले सिग्देलको कृति उत्कृष्ट भएकोले यसको अंग्रेजी संस्करण प्रकाशित गर्न आफुले सहयोग गर्ने घोषणा गरे ।

 

एक सय ७६ पृष्ठ लामो कृतिमा नेपाली कविहरु, आदिकवि भानुभक्त, महाकवि लक्ष्मी प्रसाद देवकोटा, कवि शिरोमणी लेखनाथ पौड्याल, भुपी शेरचन तथा गोपाल प्रसाद रिमाल र अहिलेका पुस्ताका कवि, दुवशु र कृशु क्षेत्रीहरुका कविता र उनीहरुले नेपाली कविताको विकासमा प्रयोग गरेको साहित्यिक आयामको चर्चा गरिएको छ । त्यस्तै पुस्तकका सर्जक तथा लेखक आचार्य कपीलमणि सिग्देलका आफनै रचनाका कविताहरु पनि पुस्तकमा समावेश गरिएका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result