एजेन्सी
विवेक ओबराय स्टार फिल्म ‘पीएम नरेन्द्र मोदी’ले बक्स अफिसमा राम्रै प्रतिफल पाइरहेको छ । फिल्मले यस सप्ताहान्तमा सोचे अनुरूप कमायो । यद्यपि, चौथो दिन (सोमवार) फिल्मको कमाइ घट्यो ।फिल्म ट्रेड रिपोर्टका अनुसार आइतबारसम्म ११ करोडभन्दा माथि ग्रस कलेक्शन गर्यो ।
ट्रेड विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन २.८८ करोड, दोस्रो दिन ३.७६ करोड र तेस्रो दिन ५.१२ करोड कमायो । फिल्मले आइतबारसम्म कूल ११.७६ करोड कमाएको तरण आदर्शले मिडियालाई जानकारी दिए ।
फिल्ममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आरम्भ देखी प्रधानमन्त्री हुदासम्मको यात्रालाई वर्णन गरिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-