क्याराभान निर्देशक एरिक भ्यालीलाई सरकारले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतमा नियुत्त गरेको छ । क्याराभान अस्कर अवार्डमा मनोनीत चलचित्र हो ।
भ्रमण वर्षका संयोजक एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्यका अनुसार पर्यटक आकर्षित गर्न साता लामो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना गरिने भएको छ । फेस्टिभलको जिम्मा भ्यालीलाई दिने तयारी छ ।
क्यारभानले उपल्लो डोल्पामा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि गरेको पर्यटन बोर्डले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-