Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अनेसासको भानु जयन्ती अमेरिकाको सानफ्रानसिस्कोमा

साउन ६, २०७६ ६:५४ मा प्रकाशित
अनेसासको भानु जयन्ती अमेरिकाको सानफ्रानसिस्कोमा
Share on FacebookShare on Twitter

सनीभेल , क्यालिफोर्निया जुलाई २१,

नेपालीहरूलाई विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो भाषा, संस्कृति प्रतिको लगावले छोड्दैन । नेपाली भाषा र साहित्य क्षेत्रका आदि कवि भानुभक्त आचार्यको २०६ औँ भानु जयन्ती अमेरिकाको क्यालिफोर्नियामा यस वर्ष पनि मनाइयो । यस पटक सानफ्रानसिस्को बे एरियामा रहेका सर्जक र साहित्य अनुरागीहरू मात्र होइन नेपाल र विश्वका विभिन्न ठाउँबाट आउनु भएका स्रष्टाले आफ्ना सृजना र रचनाहरू पाठ गर्दै आदि कविलाई सम्झिए ।

कार्यक्रममा नेपाली भाषा साहित्यका अध्येता, कवि, साहित्यकार, भाषा विज्ञ र नव प्रतिभाहरूले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यमा दिएको योगदानको चर्चा गर्दै उनमा समर्पित भएर रचना पाठ गर्दा कार्यक्रम साहित्यमय बनेको थियो । कार्यक्रम ५ घण्टा लामो भएता पनि विशिष्ट व्यक्तिहरूको उपस्थिति र उत्कृष्ट रचनाका कारण समय ब्यतित भएको पत्तो भएन ।

विदेशी भूमिमा सङ्घर्ष गर्दै नेपाली साहित्यमा रुचि राख्ने र समर्पित हुन चाहनेहरूलाई एक ठाउँमा ल्याएर अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) क्यालिफोर्निया च्याप्टर, एलए च्याप्टर र केन्द्रको संयुक्त आयोजनामा गरिएको यो कार्यक्रमले साहित्य अनुरागीहरूको मन जितेको छ ।
सर्वज्ञ वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अनेसासका केन्द्रीय उपाध्यक्ष शान्तिराम ढकाल हुनुहुन्थ्यो । अतिथिको रूपमा धर्मराज कोइराला, चूडामणि स्वामी, डाक्टर टिका लम्साल, डाक्टर तारा सिग्देल, प्रकाशचन्द्र घिमिरे लगायतले भानु जयन्तीको सन्दर्भमा आफ्नो मन्तव्य राख्नु भएको थियो । सोही अवसरमा अनेसासका केन्द्रीय सल्लाहकार प्राध्यापक डाक्टर दुर्गा दाहालले यस वर्षका लागि अनेसासले छनौट गरेको पुरस्कृत पुस्तक, लेखक र पुरस्कारको नाम सार्वजनिक गर्नु भयो ।

कार्यक्रममा बन्धु पोखरेल, गीता बजगाईँ, हरिहर दाहाल, डा दुर्गा दाहाल, स्वस्तिका तिमल्सिना, मान्यता हुमागाई, भगीरथ दाहाल, बाबु आचार्य, विनोद पौडेल, विनोद न्यौपाने लगायत ३० जना स्रष्टाले आफ्नो रचना पाठ गर्नु भयो । सृजनाहरू भानुमा मात्र केन्द्रित थिएनन् । नेपालको विद्यमान राजनीतिक, आर्थिक, सामाजिक परिवेश भित्र छिरेर स्रष्टाहरूले आफ्ना रचना पस्किएको देखिन्थ्यो ।

अमेरिका भ्रमणमा रहनु भएका खेमानन्द पोखरेल र शोभाकर पराजुलीको उपस्थितिले कार्यक्रमलाई थप ओजिलो बनाएको थियो । कार्यक्रम विकल्प फाउण्डेशनको स्वागत गीतबाट प्रारम्भ भएको थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result