अमेरिका जुलाई ३० । अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख ड्यान कोट्सले राजिनामा दिएका छन । पछिल्लो समयमा ट्रम्प प्रशासन छाड्ने उनी उच्च पदस्थ सरकारी अधिकारी हुन ।
राष्ट्रपति ट्रम्प र कोट्सबीच रुस र उत्तर कोरियाको विषयमा बारम्बार मतभिन्नता रदहै आएको थियो । राष्ट्रपति ट्रम्पले कोट्सलाई गुप्तचर निकायको कमजोर आकलन कै कारण इरानले उत्पन्न गराएको जोखिमको विश्लेषण गर्न नसकेको आरोप लगाएका थिए ।

राष्ट्रपति ट्रम्पले अगस्ट महिनाको मध्यमा कोट्स पदबाट अलग्गिने र उनको स्थानमा टेक्ससका काँग्रेस सदस्य जन रुयाट्क्लिफलाई मनोनयन गर्ने जनाएका छन्। राष्ट्रपति ट्रम्प र कोटस विच फिनल्याण्डमा रुसि राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता भएसँगै एक अर्काप्रती टिप्पणी गर्दे आएका थिएका । लगत्तै गएको जनावरिमा राष्ट्रपति ट्रम्पले अमेरिकी गुप्तचर निकाय सुतिररहेको भन्ने अभियत्ति सार्वजनकि गरेपछि मतभेद थप चुलिएको थियो । दुई पटक इण्डियाना राज्यको सिनेटर भइसकेका कोट्सलाई सन २०१७ मा अमेरिकी गुप्तचर विभागको प्रमुखमा नियुत्त गरिएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-