दूरबिन नेपाल, न्युयोर्क, अमेरिका
नेपालीहरुले हर्षोल्सासका साथ मनाउने गाईजात्रा पर्वको अवसर पारेर अमेरिकाको न्युयोर्कमा पहिलो गाईजात्रा तथा हास्यव्यंग महोत्सव सम्पन्न भएको छ । टुटुल्को डट कमको आयोजनामा शनिवार नर्दन ब्लुभर्डको क्वीन्स लाइबे्ररीमा भएको गाईजात्रा तथा हास्यव्यंग कार्यक्रममा लघु नाटक, प्रहसन, प्यारोडी, व्यंगात्मक कविता तथा गजलका साथै नेपालको भक्तपुरमा देखाइने गाइजात्राको झल्को दिने झांकीपनि प्रस्तुत गरिएको थियो । परदेशमा बसेर गाईजात्राको अनुभव लिन पाएकोमा सहभागीहरु मख्ख देखिन्थे ।
दिउसो दुइबजे शुरु भएर चार बजे सम्पन्न भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको कार्यक्रम संयोजक तथा टुटुल्को डटकमका प्रधान सम्पादक ज्योतिकुमार श्रेष्ठले बाताए । कार्यक्रमको उद्धेश्य विशुद्ध मनोरञ्जनका साथै नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नु तथा अमेरिका भित्रैबाट कलाकारहरुलाई अवसर प्रदान गर्नुपनि रहेको श्रेष्ठको दावी छ । दर्शकको माग भए पुनः गाईजात्रा महोत्सव तथा हास्यव्यंग कार्यक्रम गरिने जानकारी पनि गराइएको छ । कार्यक्रममा न्युयोर्कबाहेक अमेरिकाका भर्जिनिया, कनेक्टीकट लगायतका स्थानबाट पनि कलाकारहरु आएर प्रस्तुती दिएका थिए । कार्यक्रममा कलाकारहरुले नेपालको अहिलेको विक्रीति विसंगतिमाथी चोटीलो प्रहार गर्दा दर्शकहरु उत्साहित भएका थिए । त्यस्तै एनआरएनए अमेरिका तथा अमेरिकी नेपाली समाजमा देखिएको विखण्डन, विक्रिति तथा एकांकीपनका बारे प्रस्तुत कार्यक्रमलाई दर्शकहरुले वान्समोर मागेका थिए ।
अमेरिकामा हुने अन्य कार्यक्रमभन्दा पृथक, व्यंग तथा मनोरञ्नले भरिपुर्र्ण भएकोले कार्यक्रममा दर्शकको उपश्थितीपनि बाक्लो देखिन्थ्यो । न्युयोर्कमा आयोजित गाईजात्रा महोत्सव अमेरिकामै पहिलो पटक गरिएको र अव यसलाई निरन्तरता दिने आयोजकले बताएका छन । मल्लकालमा उपत्यकाका प्रभावसाली राजा प्रताप मल्लले पुत्र वियोगले अशान्त रहेकी आफ्नी रानीलाई चित्त बुझाउन गाइजात्रा पर्वको शुरुवात गरेको इतिहासमा उल्लेख छ । गाइजात्रामा सोही बर्ष मृत्यु हुनेहरुका परिवारका सदस्यहरुले मृतकको आत्माको शान्तिको कामना गर्दै जात्रा निकाल्ने चलन छ । पछिल्लो समय गाईजात्रा पर्वमा समाजमा देखिएका विक्रिती विसंगतिमाथी व्यंग प्रहार गर्ने प्रभावकारी माध्यम भएको छ ।










प्रतिक्रिया लेख्नुहोस्:-