Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विवाहका तस्बिरमा केही घण्टामा एक करोड लाइक

भदौ ३, २०७६ ५:१० मा प्रकाशित
विवाहका तस्बिरमा केही घण्टामा एक करोड लाइक
Share on FacebookShare on Twitter

अमेरिका ।

‘द रक’ उपनामले चर्चित रेस्लिङ स्टार एवं हलिउड अभिनेता ड्वेन जन्सनले आफ्नी प्रेमिका लरेन ह्यशिअनसँग अमेरिकाको हवाईमा विवाह गरेका छन् ।
सतचालिस वर्षीय जन्सनले १५ करोड ४० लाख प्रयोगकर्ताले पछ्याइरहेको आफ्नो इन्स्टाग्राममा सबैलाई साक्षी राखेर विवाहको घोषणा गरेका हुन् ।

सो जोडी सन् २००६ देखि प्रेमसम्बन्धमा थियो। हवाईमा आयोजित एउटा गोप्य समारोहमा उनीहरूको विवाह भएको हो। समाचारहरूका अनुसार ‘द गेम प्लान’ फिल्मको छायाङ्कनका बेला पहिलो पटक उनीहरू भेट भएको थियो।औपचारिक रूपमा विवाह गर्नुअघि उनीहरूका दुई सन्तान जन्मिसकेका छन्।

इन्स्टाग्राममा प्रेषित विवाहका तस्बिरहरूलाई नौ घण्टाभित्रै एक करोडभन्दा बढी प्रयोगकर्ताले ‘लाइक’ गरिसकेका छन्।
सबैलाई छक्क पार्दै विवाह घोषणा गरेपछि विश्वकै निकै चर्चित स्टारमध्येका एक ‘द रक’लाई हलिउड कलाकारहरूले बधाई दिएका छन्।

को हुन् लरेन ह्यशिअन?

लरेन ह्यशिअन सन् ८० को दशकमा प्रसिद्ध गीत ‘मोर द्‍यान अ फीलिङ्’का लागि चिनिएका अमेरिकी रक ब्यान्ड बोस्टनका गितारवादककी छोरी हुन्।
उनी आफू पनि सङ्गीतकर्मी हुन् र उनका केही गीत वेबसाइटहरूमा उपलब्ध छन्।
यो ‘द रक’को दोस्रो विवाह हो।उनले सन् १९९७ मा डेनी गार्सिआसँग पहिला विवाह गरेका थिए। उनीहरूकी १८ वर्षीय छोरी छिन्।

को हुन् ड्वेन जन्सन?

ड्वेन ‘द रक’ सम्भवतः रेस्लिङ खेलबाट चलचित्रमा आएका सबैभन्दा सफल व्यक्ति हुन्। उनले अभिनय गरेका चलचित्र ‘द ममी रिटर्न्स” र ‘द स्कर्पियन किङ’ उनको ठुलो आकर्षक शरीरमा मात्र केन्द्रित रहेका थिए।

आफ्नो बलिष्ठ पुरुषको छविबाट पृथक् रहने र ख्यालठट्टा गर्ने प्रवृत्तिका कारण उनले सफलता पाएको ठानिन्छ। “यदि कलाकारका रूपमा आफूलाई स्थापित गर्ने हो भने द्वन्द्व प्रधान मात्रै नभएर हास्य प्रधान तथा पारिवारिक चलचित्रमा पनि दख्खल राख्नुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको थियो,” दुई वर्षअघि उनले भनेका थिए।

स्रोत: बीबीसी

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result