दूरबिन नेपाल ।
देशभर हिरासतमा राखिएका आप्रवासीमाथि खान र औषधि उपचारलगायतमा बन्देज लगाएको अभियोग लगाउँदै साउर्थन पोवर्टी ल सेन्टर र अध्यागमन अधिकारकर्मीहरूको एक समूहले लसएन्जल्सस्थित सङ्घीय अदालतमा ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेको छ ।
२ सय १० पेज लामो अभियोग पत्रमा पक्राउ गरिएका आप्रावासिलाई हिरासतमा दुर्व्यवहार गरेको, औषधि उपचारमा पहुँच नदिएको, जटिल रोगको बिरामीलाई चिकित्सकको आग्रह बमोजिम अनुगमन गर्न नदिएको उल्लेख गरिएको छ ।
पोवर्टी ल सेन्टरका कानुनी निर्देशक लिसा ग्रेविलका अनुसार देशभर रहेका आइसिइका हिरासतहरू नाजुक अवस्थामा रहेको वेला ट्रम्प प्रशासन हिरासतको सङ्ख्या बढाउन लागि परेको उल्लेख गर्दे हिरासतमा रहेका दसौँ हजारलाई असाइलमवाट समेत वञ्चित गरेको बताए ।
ग्रेविलले अमेरिकी अध्यागमन हिरासत कानुन अनुसार नागरिक मैत्री हुनुपर्नेमा यातनागृहको भएको वताउदै हिरासतमा रहेका आप्रवासीको ज्यान जोगाउन पनि आफूहरूले मुद्दा दायर गरेको बताए ।
ट्रम्प प्रशासन आए पश्चात् करिब २६ जनाले अमेरिकाको बिभिन्न हिरासतमा मृत्यु भइसकेको छ । हाल अमेरिकी अध्यागमन हिरासतमा झन्डै ५५ हजार आप्रवासी रहेका छन् । सबैले हिरासतको अवस्थामा नाजुक रहेको बताएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-