दूरबिन नेपाल, न्युयोर्क
अमेरिकाको न्युयोर्कका एक पुलिस अधिकृत पसलबाट सामान चोरेको आरोपमा निलम्बित भएका छन । न्युयोर्क प्रहरी विभागका अनुसार २४ बर्षीया सदाकत मक्सुदोभा स्टेटेन आइलण्डस्थित जेसी पेनीबाट सामान चोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । उनले तीन सय ३० डलर बराबरका चार वटा सामान चोरीको प्रयास गरेको बेला कर्मचारीले देखेर समातेका थिए । उनको सो हर्कतलाई दोषी मान्दै तलव नपाउने गरी निलम्बित गरिएको छ । अब उनी उपर अन्य विभागीय कारवाहीपनि हुने न्युयोर्क प्रहरीले जनाएको छ ।






प्रतिक्रिया लेख्नुहोस्:-